काठमाडौं : कलाकारितामा रुची नहुने सायदै होलान् । पछिल्लो समय निर्माण भएका भिडियोहरुमा नयाँ–नयाँ कलाकारको उपस्थिति देखिन्छ । यसै क्रममा ‘माया चोखो छ’ गीतबाट अभिनयको क्षेत्रमा स्माइल धितालको डेब्यु भएको छ । सल्यानको डाडागाउँ गा.पा. ७ का स्थानीय वासिन्दा स्माइल धिताल नामबाट परिचित भएका धितालको वास्तविक नाम भने भिम धिताल हो ।
उच्च शिक्षाको लागि काठमाडौं प्रवेश गरेका धितालले इन्जिनियरिङको अध्ययन गर्नका लागि धितालले नाम निकाल्न नसकेपछि त्रिचन्द्र कलेजमा आईएससी, बीएससी र मास्टर लेवलको अध्ययन किर्तिपुरबाट पूरा गरेपश्चात कोटेश्वरस्थित चिल्ड्रेन सेकेन्डरी स्कुलमा तीन वर्षदेखि शिक्षा पेशामा संलग्न छन् । धितालले वेलकम कोलोनी र वेलकम वि.पि. कृषि फर्मका प्रोप्राईटर समेत रहेका धिताल सानै उमेरदेखि नेपाली गीत संगीतप्रति रुची भएपनि समयले साथ नदिएको र अहिले आएर त्यो चाहना पूरा भएकोमा आफु खुशी रहेको बताउँछन् ।
नेपाली गीत, संगीतलाई माया गर्नुपर्छ भन्ने उद्देश्यका साथ ‘माया चोखो छ’ बोलको गीतबाट अभिनय यात्रा शुरु गरेको बताउने धिताल अभिनित गीतमा चर्चित लोकदोहोरी गायक बिमल डाँगीको लय र महेन्द्र बिस्वकर्माको शब्दमा रहेको छ । गीतमा चर्चित लोक दोहोरी गायक पुश्कल शर्मा र बिष्णु माया पौडेलको स्वर रहेको छ ।
दिपक गीरीको छायांकन रहेको गीतमा नेपाली गीत, संगीतका सफल महिला निर्देशक बबिता श्रेष्ठको निर्देशन रहेको छ । आरब प्रोडक्सनले दृश्य निर्माण गरेको उक्त भिडियोमा स्माईल धिताल र बिष्णुमाया पौडेलको अभिनय रहेको छ ।
भविष्यमा गीत, संगीत र अभिनयमा निरन्तर लागिरहने सोच बनाएका कलाकार धितालले नयाँ कलाकारलाई सञ्चारका मिडियाले पनि साथ नदिने गरेकोमा चिन्ता ब्यक्त गरे । उनी अभिनित म्युजिक भिडियो प्रियसी म्युजिक प्रा.लि.को युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ भने आगामी बैशाख १ गते नयाँ वर्ष २०७८ को शुभकामनासहित ‘माया चोखो छ २’ सार्वजनिक गर्ने कार्यको अन्तिम तयारी भैरहेको धितालले जानकारी गराए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies