काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालबीच पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणमा आधा–आधा गर्ने सहमति भएको छ ।
पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरुमा दुई अध्यक्षहरुले हस्ताक्षर गरेका हुन् ।
यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा पदाधिकारी नियुक्त गरिने छ ।
प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिने सहमति भएको छ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।
यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा पनि ५०–५० प्रतिशत हुनेगरी विशेष व्यवस्था गर्ने सहमति भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies