सुशील सुबेदी/मध्यान्ह
सिन्धुपाल्चोक : मेलम्चीमा नगरस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजना तथा नेपाल गोजुरियो कराँते दो संघ सिन्धुपाल्चोकको संयोजनमा उक्त नगरस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर ‘ए’ टिम पहिलो र वडा नम्बर २ दोस्रो भएको छ । प्रतियोगितामा वडा नम्बर ७ दुवाचौरकै ‘बि ’ र मेलम्ची ११ तेस्रो भएको कार्यक्रम ब्यबस्थापक राजनमान श्रेष्ठले जानकारी दिए ।
गत ७ गतेबाट शुरु भएको प्रतियोगिताको नगरप्रमुख डम्बर अर्यालले उद्घाटन गरेका थिए । सोमबार सम्पन्ने फाइनल खेलमा दुवाचौरले मेलम्ची–२ लाई पराजित गरेको हो ।
विजेतालाई पुरस्कार वितरण गर्दै नगरप्रमुख डम्बर अर्यालले बधाई दिँदै आगामी दिनमा थप प्रगतिको कामना गरे । प्रमुख अर्यालले खेल क्षेत्रका विकासको लागि नगरपालिका सकारात्मक रहेको बताउँदै यस्ता खाले प्रतियोगिताले खेलाडी तथा खेलप्रेमीहरुमा हौसला मिलेको विस्वास ब्यक्त गरे ।
कार्यक्रममा पहिलो दोस्रो र तेस्रोलाई क्रमश १ लाख, ५० हजार र २५ ,२५ हजार ट्रफी र प्रमाण वितरण गरिएको थियो । सुरुवातमा मेलम्ची–२ले मेलम्ची–७लाई २५/२३, दुवाचौरले मेलम्ची–२ लाई २५/२० पुन मेलम्ची–२ले दुवाचौरलाई २५/१६मा हराएको थियो र निकै प्रतिस्पर्धा र रोमाञ्चक बनेको खेलमा दुवाचौरले २५/२१ र १५/११ले हराउँदै नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको नेपाल गोजुरियो कराँते दोसंघ सिन्धुपाल्चोकका संयोजक सानुबाबु गिरिले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies