यामराज बिष्ट/ मध्यान्ह
दैलेख : दैलेख प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका वडा नं २ बेस्तडा बजारमा बस्ने १८ वर्षीय मोहन बुढा रहेका छन् ।
उनले बालिकालाई जवरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।
प्रहरी प्रमुख श्रेष्ठका अनुसार उनले सोही ठाउँकी १६ वर्षीया बालिकालाई लाई करणी गरेकोआरोपममा पक्राउ गरिएको हो । पक्राउ परेका बुढालाई अनुसन्धानको लागि जिल्ला अदालत दैलेखबाट अनमती लिई हिरासतमा राखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies