बीपी शर्मा/मध्यान्ह
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित एक हप्ते नाटक अभिनय कार्यशाला सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र आरङ्ग नेपाल सुर्खेतको स्थानीय व्यवस्थापनमा कार्यशाला सम्पन्न भएको हो । गत १८ गतेबाट शुरु भएको कार्यशालामा नाटकका सैद्धान्तिक, व्यवहारिक र प्राविधिक पक्षबारे जानकारी दिएको कार्यशाला संयोजक कलाकार यामनारायण आचार्यले जानकारी दिए ।
गाउँगाउँ नाट्यकर्मी उत्पादन गर्ने उदेश्यले गरिएको कार्यशालामा नेपालका चर्चित नाट्यकर्मी तथा कलाकार निर्देशक राजकुमार पुडासैनीले सहजिकरण गरेका थिए ।
समापन कार्यक्रममा प्रशिक्षणमा सहभागि कलाकारहरुले वन डढेलो र वन सम्पदाको चोरी निकासी तथा वायु प्रदुषणबारे चेतनामुलक नाटक प्रस्तुत गरेका थिए ।
उनीहरुले नाटक सैद्धान्तिक,व्यवहारिक र प्राविधिक पक्षबारे जानकारी भएको भन्दै यसले आगामी दिनमा नाट्यकर्म गर्ने उर्जा थपेको बताएका थिए ।
राज्यका अन्य निकाय जस्तै नाटक र कला क्षेत्रका संरचना पनि सबै प्रदेशमा स्थापना गर्न दबाब दिने उदेश्य सबै प्रदेशमा प्रशिक्षण कार्यशाला थालिएको मुख्य प्रशिक्षक पुडासैनीले बताए ।
कार्यक्रममा कलाका प्रेमदेव गिरी गंगा केसी, गणेशभक्त गौतम लगायतले कर्णाली प्रदेसको राजधानी वीरेन्द्रनगरमा संगीत तथा नाट्यप्रज्ञा प्रतिष्ठान स्थापना र प्राज्ञिक संगठन निर्माणकालागि सबै क्षेत्रबाट सकारात्मक दबाब दिनुपर्ने औंल्याएका थिए ।
कलाकार उमालाल आर्चाय, डिलबहादुर गुरुङ लगायतले कार्याशालाले कलाकारलाई थप हौसला र प्रेरणा दिएको भन्दै नाट्यकर्ममा लाग्न सुझाव दिएका थिए ।
आरङ्ग नेपालका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षता र वरिष्ठ रंगकर्मी प्रेमदेव गरिको मुख्य आतिथ्यतामा तालिम समापन गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies