इमरान खान/मध्यान्ह
कपिलवस्तु : कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदूर र विपन्न परिवारलाई बिहान–बेलुका छाक टार्न समस्या भएको छ । यही समस्यालाई मध्यनजर गर्दै मर्चवार सामुदायिक विकास केन्द्रको टिमले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।
शनिबार रुपन्देहीको सिद्दार्थनगर नगरपालिका–९ स्थित भिआइपी पथका २१ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । ‘निषेधाज्ञाको पालना गर्दै घरमा बसेका विपन्न नागरिक भोकै बस्नुहुँदैन भन्ने हाम्रो चाहना हो, त्यसैले उहाँहरुको घरदैलोमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका छौं,’ कार्यक्रम संयोजक हिना तिवारीले मध्यान्हसँग भनिन् । प्रतिपरिवार चामल ५केजी, आलु, प्याज १÷१ केजी र सोयाबीन एक प्याकेट , दाल, नुन १ पैकेट,लगायत अन्य खाद्यान्न वितरण गरिएको वितरण कार्यक्रम व्यवस्थापक बालमुकुन्द हरिजनले बताए ।
यस अघि मर्चवार सामुदायिक विकास केन्द्रले भैरहवा, ओमसतिया र मर्चवार गरी ९४ विपन्न परिवारलाई खाद्यान्न र ३ ओटा आइसोलेशन सेन्टर तथा बेलहिया होल्डिङ्ग सेन्टरमा गरि १२० कार्टुन मिनिरल वाटर र सेनिटाइजर वितरण गरिसकेको संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायले बताए ।
मर्चवार सामुदायिक विकास केन्द्रले खाद्यान्न सहयोग अभियान संचालन गरेको १६ औं दिनको कार्यक्रममा संस्थाका अभियानकर्मी बिनय यादव, हिना तिवारी, इन्द्रकमल त्रिपाठी र अकलेश यादव तथा बालगोबिन्द हरिजन लगायतको सक्रिय सहभागिता रहेको संस्थाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies