–निम्ब तरू, मालारानी, अर्घाखाँची
बाँसमा पानी छउन्जेल त हो फुर्ति
त्यसपछि टुप्पोमा पनि पानी सुक्ला
जिन्दगी जिन्दगी रहँदैन
तब
जुन दिनदेखि संसार बन्द हुँदैगयो
अहिले यद्यपि छ झ्याल खुल्ला
उज्यालो प्रकाश थुनेर राखेको छु घरभित्र
बिलाइजाला झ्याल खोले
मान्छेहरु अँध्यारो थुनि बसेका छन्
ढुक्क छन् थुनाहामा उज्यालो पनि थुनिएको छ
बहुला पानी छउन्जेल त हो फुर्ति
त्यसपछि पोखिएला शुक्ला अवश्य
अनि तिम्रो के हुन्छ ?
त्यही पानीले खान हग्न भएको छ धन्न
हुक्कामा पानी छउन्जेल त हो छट्पटी
सुकेपछिको शिथिलता ?
त्यसपछिको पीडा चौतर्फी
आँखामा पानी छउन्जेल त हो फुर्ति
त्यसपछि
सपना देख्न छुट छ त्यो पनि भयानक
नत्र बेहोशीमा पनि मान्छे छट्पटिन्छ अत्यन्तै
आँखामा पानी छउन्जेल त हो यो सबथोक
नत्र जिन्दगी
प्राण भएसम्म पानीले पनि डुबाउँछ
प्राण उडेपछि पानीमाथि उतार्छ
कहीं प्याँक्छ किनारतिर
त्यति गरुँगो प्राण ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies