२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

shivam cement
मध्यान्ह
२०८२ साउन १४ गते १६:११
नेप्से परिसूचकमा उच्च अंकको गिरावट

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ९३ अंकले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो ।

आज ३२७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको हो । आजको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ ।

सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise