२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

नेपाल लाइफद्वारा १३ अर्ब प्रथम बिमा शुल्क आर्जन

Nada
२०८३ साउन ३ गते १३:४६
Shares
नेपाल लाइफद्वारा १३ अर्ब प्रथम बिमा शुल्क आर्जन

काठमाडौं : २५ वर्षको यात्रामा नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा उद्योगमा पहिलोपटक ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

ncell

नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनीका रूपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्राका अवसरमा १३ अर्बभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको हो ।  कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब प्रथम बिमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्‍याउन सफल भएको छ । 

यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, नेपाल लाइफप्रति अटल विश्वास राखी जीवन बिमा गरेका सम्पूर्ण बिमित, कम्पनीको मेरुदण्डका रूपमा रहेका समर्पित बिमा अभिकर्ता, कर्मचारी, सेयरधनी, नियामक निकाय तथा यस उपलब्धिलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको यस कम्पनीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बिमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ । कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बिमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्बको ऐतिहासिक उपलब्धि’लाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी तथा सरोकारवालाको साझा सफलताका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि नेपाली जीवन बिमा क्षेत्रको अग्रणी संस्थाका रूपमा ऐतिहासिक उपलब्धिको निरन्तरता कायम गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

uae

सम्बन्धित खबर