२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

गरिमा विकास बैंकद्वारा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

Nada
२०८३ साउन ३ गते १३:४८
Shares
गरिमा विकास बैंकद्वारा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाडौं : नयाँ आर्थिक वर्ष २०८३/८४को अवसरमा गरिमा विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ ।

ncell

विकास बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पिओएस  टर्मिलन तथा गरिमा इन्टर बैंक टेलर सेवाको औपचारिक शुभारम्भ गरेको छ । 

गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ । 

त्यसैगरी, गरिमा पिएसओ टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सेवाले नगदरहित कारोबारलाई प्रवर्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, गरिमा इन्टर बैंक क्युआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एपबाट गरिमा इन्टरबैंक क्युआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन् । 

डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आइरहेको गरिमा विकास बैंकले आफ्ना ग्राहकलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवा विस्तार गर्दै जाने विश्वास व्यक्त गरेको छ ।

uae

सम्बन्धित खबर