
काठमाडौं : साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरी नेपाल पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बम्पर उपहारस्वरूप बिवाइडी अटो १ इभी कार जितेका छन् । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भाग्यशाली विजेता अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे ।
कार हस्तान्तरण कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको पैसाले देशको अर्थतन्त्रमा मात्र नभई परिवारमा समेत खुसी ल्याउने बताए । उनले यस्ता योजनाहरूले युवाहरूको सपना साकार पार्न प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे ।
यस्तै, प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्व श्रम बजारमा रहेका नेपालीहरूको विश्वासलाई सेवाको रूपमा परिवारसम्म पुर्याउन आइएमई सधैं अग्रसर रहेको बताए ।
सम्पन्न अभियानका विजेताहरू आइएमई र टिक्मोको संयुक्त आयोजनामा २०८२ पुस २१ देखि २०८३ असार १६ सम्म सञ्चालन भएको यस योजनाको मुख्य उद्देश्य साउदीमा रहेका नेपालीहरूलाई सुरक्षित र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहित गर्नु थियो । यस अभियानअन्तर्गत १२ जनाले आइफोन १७ प्राप्त गरे । २ जनाले इलेक्ट्रिक स्कुटर जिते । दोस्रो चरणमा हरेक हप्ता ५ जनाले १० हजार रुपैयाँ नगद उपहार पाएका छन् ।
आइएमई र टिक्मोले आफ्नो सहकार्यलाई निरन्तरता दिँदै साउन १७ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुने गरी नयाँ योजना पनि सार्वजनिक गरेका छन् । यस योजनाअन्तर्गत साउदीबाट पैसा पठाउँदा ग्राहकले निम्न उपहारहरू जित्न सक्नेछन् ।
यो नयाँ अभियानले साउदीमा रहेका नेपाली समुदायलाई औपचारिक र सुरक्षित डिजिटल माध्यमबाट पैसा पठाउन थप प्रेरित गर्ने विश्वास आइएमईले लिएको छ ।