२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

Nada
२०८३ साउन ५ गते २१:५५
Shares
प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक कार्यक्रम आयोजना गर्दै नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट एसयुभी सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको इ.मास५ले एक नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभीको विकल्प हो जसले ग्राहकलाई सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्छ ।

ncell

प्रोटोन इ.मास ५ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवाड्र्स’मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द इअर २०२६’को उपाधि हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ । अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संगम रहेको इ.मास ५मा ‘वायरलेस एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ । साथै, अगाडि ७० लिटरको फ्रन्ट ट्रंक र पछाडी ३७५ लिटरको ‘एक्पान्डेबल रियर लगेज कम्पार्टमेन्ट’सहित उपयोगितालाई ध्यानमा राख्दै बनाइएका सामान राख्न गर्न मिल्ने ३२ वटा विभिन्न ठाउँहरू (स्टोरेज कम्पार्टमेन्ट्स) रहेका छन्, जसले नियमित दैनिक छोटो दूरीको यात्रा र लामो दूरीको भ्रमण दुवैका लागि व्यावहारिक उपयोगिता र सहजता प्रदान गर्दछ ।

जगदम्बा मोटर्सका एक्जेक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘प्रोटोनसँगको हाम्रो साझेदारीलाई निरन्तरता दिँदै हामीले प्रोटोन इ.मास ५ नेपालमा सार्वजनिक गरेका छौं, जुन विद्युतीय सवारीसाधनका विकल्पहरू तीव्र गतिमा विस्तार गर्ने हाम्रो लक्ष्यअन्तर्गत एक महत्वपूर्ण उपलब्धि हो । दिगो यातायात तथा सवारीसाधनतर्फ नेपालको रूपान्तरणलाई सहयोग गर्दै, ग्राहकको ड्राइभिङ अनुभवलाई पुनर्परिभाषित गर्ने विश्वस्तरीय विद्युतीय गाडी नेपाली बजारमा भित्र्याउन पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं ।’

प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर लि झिदानले भने, ‘प्रोटोन इ.मास ५ले विश्वव्यापी बजारमा बलियो पहिचान बनाइसकेको छ । विश्वभरका ६ लाख १० हजारभन्दा बढी ग्राहकले प्रोटोन इ.मास ५मा प्रयोग भएको ‘प्लेटफर्म’लाई अपनाएका छन् । प्रोटोन इ.मास ५ले उन्नत प्रविधि, भरपर्दो सुरक्षा र उत्कृष्ट मूल्यसहितका गाडी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँछ ।’

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जगदम्बा मोटर्सले प्रोटोन इ.मास ५को नेपालमा सार्वजनिकीकरणको विशेष उपलक्ष्यमा प्राइम भेरियन्टका लागि रु.२९.९९ लाख र प्रिमियम भेरियन्टका लागि रु.३४.९९ लाखको विशेष सुरुवाती मूल्य रहेको छ । 

uae

सम्बन्धित खबर