२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

Nada
२०८३ साउन ५ गते २१:५६
Shares
इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले उत्कृष्ट मूल्यसहित बहुप्रतीक्षित कम्प्याक्ट इभी एसयुभी प्रोटोन इ.मास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ ।

ncell

यसै क्रममा जगदम्बा मोटर्सले मंगलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर सुरु गरेको हो । भक्तपुरको यो नयाँ सोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन सोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।

नेपालमा ग्राहक–केन्द्रित भई अग्रणी विद्युतीय सवारी (इभी) ब्रान्डको रूपमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्यसहित सोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिका अनुसार, प्रोटोन ब्रान्डप्रति ग्राहकको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पुर्‍याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो । 

भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि नै मोफसलका थप तीन सहरहरू वीरगन्ज, जनकपुर र नेपालगन्जमा आधिकारिक रूपमा नयाँ सोरुम शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो । अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाबाट प्रोटोनका सवारीसाधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस)सम्बन्धी सम्पूर्ण सेवा सहज रूपमा लिन सक्नेछन् ।

uae

सम्बन्धित खबर