२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

गत आर्थिक वर्षमा वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, व्यापार घाटा १७ खर्ब ८१ अर्ब

Nada
२०८३ साउन ८ गते १३:१५
Shares
गत आर्थिक वर्षमा वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, व्यापार घाटा १७ खर्ब ८१ अर्ब

काठमाडौँ : आर्थिक वर्ष २०८२-८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले बढी हो ।

ncell

भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको छ । आयातको आकार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२० प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०८१-८२ मा आयात १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।

यसै अवधिमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवाको निर्यात भएको छ । निर्यात अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेश निर्यात गरिएको थियो ।

आयातको तुलनामा निर्यात उल्लेख्य रूपमा कम रहेकाले गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१-८२ मा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

तथ्यांकले वैदेशिक व्यापारको समग्र आकार बढे पनि आयात र निर्यातबीचको ठूलो अन्तर कायम रहँदा व्यापार घाटा थप विस्तार भएको देखाएको छ ।
 

uae

सम्बन्धित खबर