
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक नवराज ढकाललाई भेट गरी वैदेशिक राेजगार प्रशासन सुधारका विषयमा छलफल गरेको छ ।
महानिर्देशक ढकालले गतहप्ता विभागकाे महानिर्देशककाे जिम्मेवारी सम्हालेका थिए ।
साेमबार संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा संघका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डलले नवनियुक्त महानिर्देशक ढकाललाई भेट गरी सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
सो अवसरमा संघ प्रतिनिधिमण्डल र महानिर्देशक ढकालबीच वैदेशिक राेजगार प्रशासनमा रहेका आन्तरिक तथा बाह्य दुवै प्रकारका समस्याबारे छलफल भएको संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले जानकारी दिए ।