२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख सहयोग

Nada
२०८३ भदौ २२ गते २०:५८
Shares
सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख सहयोग

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ncell

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको हो । अर्थ मन्त्रालय, सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरे । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति थियो ।

बैंकले बाढीमा ज्यान गुमाएकाहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैबीच, बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ । बैंकले तत्काल राहत पु¥याउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटका प्रभावितलाई चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत खाद्यान्न सामग्रीसमेत सहयोग गरेको छ ।

uae

सम्बन्धित खबर