२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

फ्युचर इम्प्लोइमेन्टद्वारा बाढी प्रभावितका लागि राहत कोषमा सहयोगसहित सोलार प्रणाली प्रदान

Nada
२०८३ भदौ २३ गते १५:०६
Shares
फ्युचर इम्प्लोइमेन्टद्वारा बाढी प्रभावितका लागि राहत कोषमा सहयोगसहित सोलार प्रणाली प्रदान

काठमाडौं : गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यका लागि राजधानीको गैह्रीधारास्थित फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा उल्लेखनीय आर्थिक सहयोग प्रदान गरेको छ ।

ncell

रसुवा र नुवाकोट क्षेत्रमा आएको विपत्तिका कारण घरबार गुमाएका तथा परिवारजन गुमाएका पीडितहरूको सहयोगार्थ विभिन्न शीर्षकमा रकम संकलन गरी कोषमा जम्मा गरिएको फ्युचर इम्प्लोइमेन्ट सर्भिसकी सञ्चालिका शुष्मा खत्रीले जानकारी दिइन् ।

यस सहयोग अभियानअन्तर्गत कम्पनीमा कार्यरत महिला कर्मचारीहरूले यस वर्षको तिज पर्वमा कुनै कार्यक्रम नगर्ने निर्णय गरेका थिए । तिज कार्यक्रममा खर्च हुने रकमलाई नै मानवीय सहयोगका रूपमा उपयोग गर्दै सो कम्पनीका महिला कर्मचारीहरूको तर्फबाट एक लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा प्रदान गरिएको हो ।

त्यसैगरी पुरुष कर्मचारीहरूको तर्फबाट पनि स्वेच्छिक रूपमा ५५ हजार १५ रुपैयाँ संकलन गरी सहयोग गरिएको सञ्चालिका खत्रीले बताइन् ।

साथै कार्यालय व्यवस्थापनको तर्फबाट थप एक लाख रुपैयाँ  कोषमा जम्मा गरिएको छ । यसरी कुल २ लाख ५५ हजार १५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

आर्थिक सहयोगसँगै फ्युचर इम्प्लोइमेन्ट सर्भिसले प्रभावित केही क्षेत्रमा अत्यावश्यक विद्युत् आपूर्तिका लागि सोलार प्यानल पनि प्रदान गरेको छ ।

कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अस्थायी कार्यालय, धुन्चे तथा उत्तरगया नीलकण्ठ माध्यमिक विद्यालयमा रहेका घाइते तथा बिरामीहरूको होल्डिङ सेन्टरमा विद्युत् आपूर्तिको समस्या समाधान गर्न सहयोग गरेको हो ।

उक्त स्थानहरूमा विद्युत् आपूर्ति नहुँदा उपचार तथा सेवा प्रवाहमा गम्भीर कठिनाइ भइरहेको अवस्थामा कम्पनीले ४ लाख रुपैयाँ बराबरको सोलार प्यानल तथा ११०० वाट क्षमताका ब्याट्रीहरू प्रदान गरेको सञ्चालिका खत्रीले जानकारी दिइन् ।

प्राविधिक जडानपछि अहिले उक्त होल्डिङ सेन्टरहरूमा नियमित विद्युत् आपूर्ति सहज भएको र घाइते तथा बिरामीहरूको उपचार तथा सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको स्थानीयले बताएका छन् ।

फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.ले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय तथा विकासमूलक कार्यहरू गर्दै आएको छ । कम्पनीले यसअघि कोभिड-१९ महामारीका बेला पाटन अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि एक महिनाको दिवा र रात्रि खाना उपलब्ध गराएको थियो ।

त्यस्तै जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको दरबारमार्ग प्रहरी वृत्तलाई फ्युचर इम्प्लोइमेन्ट सर्भिसले तीन थान खाट र एक दर्जनभन्दा बढी प्लाई सहयोग गरेको थियो ।

कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर