तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाली सांगीतिक बजारमा एक मर्मस्पर्शी गीत सार्वजनिक भएको छ l देशको अवस्था बोलेको लोक दोहोरी गीत ‘देशै छोडेर’ सार्वजनिक भएको हो । २ वर्ष पहिले आएको ‘रुँदै रुँदै तिम्रो सहर’ को भाग २ का रूपमा ‘देशै छोडेर’ गीत नरेश खातीको शब्द र संगीतमा गायक मेक्सम खाती क्षेत्री र गायिका पूर्णकला बिसीको आवाजमा बजारमा आएको हो l
अस्थायी शिक्षकको जागिर गरिरहेको स्कुलमा स्थायी भएर अर्को शिक्षक आएसँगै परिवार चलाउन बिदेसिनै पर्ने कथा पुरुष पात्रको र जनयुद्धमा घाइते भएर फरक क्षमता (अपाङ्ग) भएका आफ्नो श्रीमान र आफूले जन्माएको सन्तान छोडेर बिदेसिन बाध्य महिला पात्रको कथालाई भिडियोले बोलेको छ । स्वर्ग जस्तो नेपाललाई भ्रष्ट नेताहरूले बर्बाद पार्दा बिदेसिनुपर्ने गरेको कथा गीतले बोलेको छ । 'देशै छोडेर' (रुँदारुँदै २) मा देशको पछिल्लो अवस्था र पुराना घाउ बल्झिने गरी कथालाई दर्दनाक ढंगले पेस गरिएको छ ।
मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा हिउँवाला गौतम, अञ्जली अधिकारी, मेक्सम खाती, नरेश खाती, रेश्मा केसी, सुनिप कार्की, नवराज शर्माको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन, नवराज उप्रेतीको छायाँकन रहेको भिडियोको सम्पादन मनोज कार्कीको गरेका हुन् l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies