तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल आइडलबाट चर्चामा आएका सर्जक तथा गायक निशान भट्टराई देश विदेशका स्टेज कार्यक्रममा व्यस्त छन् । उनै गायक भट्टराईले आज कतारमा आफ्नो प्रस्तुति दिँदै छन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एण्ड बारले आयोजना गरेको 'म्युजिक मनियाँ'मा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् ।
आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका भट्टराईले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई निमन्त्रणा गरेका छन् । कतारको हमाद एयरपोर्टबाट एक भिडियो जारी गर्दै भट्टराईले अङ्ग्रेजी नयाँ वर्ष रमाइलो गरेर मनाउन आफू कतार आएको बताए । भट्टराईको स्वागतका लागि क्लब सञ्चालकद्वय सन्दीप भट्टराई र रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याललगायत सञ्चारकर्मी तथा अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
आज बिहीबार साँझ हुने कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुने कार्यक्रम संयोजक अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies