काठमाडौं : सुदूरपश्चिमको विशेष पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि यो पर्व शुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन महिलाले तामाको भाँडामा पाँच प्रकारका अन्न ‘बिरुडा’ भिजाउने गर्दछन् ।
पञ्चमीका दिन भिजाएको बिरुडा षष्ठीका दिन पानीको मुहानमा सामूहिक रुपमा धोएर ‘गौरा देवी’को प्रतिस्थापन गरिन्छ । सप्तमीका दिन गौरालाई गौरा घर तथा मन्दिरमा भित्राइन्छ भने अष्टमीका दिन ब्रत बसेर पूजापाठ गरिन्छ ।
गौरामा ब्रत बसेर शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने विश्वास छ । दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी र कैलाली जिल्लामा यो पर्व मनाउने चलन छ । गौरामा शिव र गौरा देबीको प्रेम तथा विबाहको सम्झनामा डेउडा खेल्ने चलन पनि छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies