काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर जाँदै छन् । दिउँसो साढे एक बजे उनी थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले गत साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते काठमाडौं फर्केका थिए । परीक्षणमा संग्लन चिकित्सकको सुझाव अनुसार थप परीक्षणका लागि प्रधानमन्त्री पुन त्यसतर्फ जान लागेका हुन् ।
पछिल्लो समय प्रधानमन्त्रीको एकदशक अघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएको बताइएको छ । चिकित्सकहरुले उनलाई मृगौला पुन प्रत्यारोपण गर्ने सुझाव समेत दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies