काठमाडौं : समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गरेको ब्यान्ड अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने भएको हो ।
आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले जानकारी दिए । नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने गायक राजु लामाको यो ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित र नयाँ गीतहरु प्रस्तुत गर्ने तयारी गरेको छ । ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ म्यानेजर लामाले बताए।
यो ब्यान्ड सन् १९९२ मा स्थापना भएको थियो । ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘म माया लाउँदिन’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies