काठमाडौं : नेपाली मनोरञ्जन दुनियाँमामा सिक्वललाइ सहज सफलताको सूचक मानिन्छ । नेपाली सिनेमामा सिक्वल बनाउने चलन निकै पुरानो हो । पहिलो सिनेमाले राम्रो कमाइ गर्यो भने त्यही नामले दोस्रो भाग बनाउने गरिन्छ । यो प्रचलन बिस्तारै नेपाली लोक तथा सुगम संगीतमा सरेको छ ।
पछिल्लो केही वर्षयता लोक तथा दोहोरी गीतमा पनि सिक्वल बन्ने गरेका छन् । नेपालको रत्यौली गीतको इतिहासमा सम्भवतः पहिलो पटक सिक्वल बनेको छ । एक साल पहिले रिलिज भएको मौलिक रत्यौली 'च्याप्प पर्वते माया'को भाग दुई बजारमा आएको हो । पर्वते मायाको सफलताबाट हौसिएर सोही टीमका सदस्यहरू मिलेर बनाएको 'बेइमानी लाहुरेले लाँदैन' बजारमा आएको छ ।
च्याप्प पर्वते मायाका गायक प्रवेश पौडेलले शब्द र संगीत संकलन गरेको गीतमा पौडेलसँगै श्याम क्षेत्री, टिका सानु र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । याम थापा मगरले पहिलो पटक १४ वटा मादल प्रयोग गरेर संगीत भरेका छन् । दुर्गेश थापा, गरिमा शर्मा, रवि कार्की र गायिका सानुको अभिनय रहेको भिडियोको क्रोयोग्राफी तथा निर्देशन प्रविन थापाले गरेका हुन् ।
गीत तिलु शर्मा पौडेलको निर्माणमा तयार भएर उनको आफ्नै बाबा इन्टरटेन्मेट टिभी युट्युब च्यानलबाट रिलिज भएको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies