खाँदबारी : जिल्ला भलिबल संघ संखुवासभाले आयोजना गर्ने कार्यक्रम पत्रकार महासंघ संखुवासभाले बहिष्कार गर्ने भएको छ । पत्रकार महासंघ र जिल्ला भलिबल संघबीचकाे पछिल्लाे विवादबारे पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
हालै सम्पन्न राष्ट्रिय भलिबल प्रतियाेगिताकाे समाचार स्थानीय पत्रपत्रिकाले प्रकाशन नगरेकाे भन्दै भलिबल संघका अध्यक्ष मेदिनि घिमिरेले फेसबुकमा लेखेपछि विवाद शुरू भएकाे हाे ।
उक्त पाेष्टपछि जिल्लाका पत्रकारहरूले समाचार लेखनमा कुनै कञ्जुस्याई नगरेकाे भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । पछि अध्यक्ष घिमिरेले पाेष्ट सम्पादन गर्दै स्थानीय पत्रिका पाख्रिबास साप्ताहिकले समाचार प्रकाशन नगरेकाे बताएका थिए । यसपछि जिल्ला भलिबल संघले आयाेजना गरेकाे आय ब्याय सार्वजनिक गर्ने कार्यक्रम स्थलमा नजाने बरू पत्रकार महासंघकाे कार्यालयमा नै कार्यक्रम गरेर सार्वजिनक गर्न भनेकाे थियाे ।
महासंघ र भलिबल संघ दुवैले भनेकाे ठाउँमा नगएपछि फेसबुकबाट नै विवरण सार्वजनिक गरिएकाे थियाे । विवरणसँगै भलिबल संघले विवादकाे विषयमा विज्ञप्ति जारी गरेकाे थियाे । महासंघ र पत्रकार सम्बद्ध संस्थाहरूले भलिबल संघले आयाेजना गरेकाे कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेकाे हाे । यसैबीच प्रेस युनियन, चाैतारी र प्रेस सेन्टर नेपालले आर्थिक हिमामिनाबारे छानबिनको माग गरेकाे छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies