प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर आज स्वदेश फर्किन लाग्नुभएको छ । उहाँको मिगौलामा समस्या देखिएपछि पटक पटक सिंगापुरमा उपचार हुँदै आएको छ । १२ वर्षअघि मिगौला प्रत्यारोपण गरेपछि उहाँको स्वास्थ्यमा बेला बेलामा समस्या देखिने गरेको हो । विरामी प्रधानमन्त्रीलाई आराम गर्नका लागि प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले संसद बैठकमा नै आग्रह गरेका थिए । त्यसको बचाउ गर्दै सत्तापक्षका सांसदहरुले प्रधानमन्त्रीको स्वास्थ्यलाई सत्तासँग नजोड्न भनेपछि केही बेर संसदमा घोचपेच नै चलेको थियो । उनका मिर्गौलामा समस्या देखिएको छ । केही वर्षपहिले उनले एउटा मिर्गौला फेरेका थिए । अहिले त्यसले राम्ररी काम गर्न नसक्ने भएपछि उनी उपचार गर्न सिंगापुर गएका हुन् । एकपटक सिंगापुरको यात्रा गरेर आएपछि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यका बारेमा आफैँ केही धारणा सार्वजनिक गरेका थिए ।
सिंगापुरमा एउटा विशेष प्रविधिमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य स्थिति के हो भन्ने कौतुहलता सबैमा छ । उनका नीजि चिकित्सक नेपाल फर्किसकेका छन् । हुन त उनको स्वास्थ्य हेर्ने समूहमा थुपै अरू स्वेदेशी र विदेशी चिकित्सकहरू छन् । तिनले पक्कै पनि विज्ञान प्रविधिको यस युगमा थेग्न सक्ने जति सबै विधिको प्रयोग गरेर उनको स्वास्थ्यलाई पुनःस्थापित गर्ने कार्य गरी नै रहेका होलान् । देशको कुनै पनि सार्वजनिक पदमा बस्ने मानिसको स्वास्थ्य व्यक्तिगत वा पारिवारिक मामलामात्र हुन सक्तैन । त्यसमाथि पनि सम्माननीय पदाधिकारीहरूको स्वास्थ्यको विषयमा जुन किसिमको जिम्मेवारीपूर्ण प्रस्तुति सरकारको हुनुपर्ने हो त्यो देखिएन । सबैभन्दा महत्वपूर्ण पक्ष प्रधानमन्त्रीको स्वास्थ्य जस्तै उनको विदेशको बसाइ कति सुरक्षित हो भनेर एउटा शंका सधैँ मेरो मनमा उब्जिएको छ । सरकारले प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाको बारेमा जनतालाई आश्वस्त पनि पारेको छैन । प्रधानमन्त्रीको स्वास्थ्यको सन्दर्भमा कुनै जिम्मेवार सूचना आधिकारिक स्रोतबाट प्रवाह नहुनु विडम्वना हो ।
आफ्नो स्वास्थ्य लाभभन्दा अरुका विषयवस्तुहरू प्रधानमन्त्रीका प्राथमिकतामा नपरून् भन्ने लाग्नु स्वाभाविक नै हो । त्यही चिन्ताले नै सरकारले सरकारका स्वास्थ्यमन्त्रीले काठमाडौंको डेंगु आतंकलाई जनस्वास्थ्यको प्रमुख विषय बनाएजस्तै प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा संसद र जनतालाई जानकारी दिनुपर्ने समय आएको छ । सदनका जिम्मेवार सदस्यहरूले सत्तापक्ष वा प्रतिपक्षबाट प्रधानमन्त्रीको स्वास्थ्य र सुरक्षाको प्रवन्धको बारेमा जवाफ माग्नुपर्ने समय आएको छ । प्रधानमन्त्रीको स्वास्थ्यको अवस्थाको बारेमा आधिकारिक तथ्यांक देशमा आएर सार्वजनिकरण गर्नु जरुरी छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको हाम्रो पनि कामना छ ।
हाम्रा प्रधानमन्त्री बिरामी छन् । उनलाई गम्भीर रोग लागेको छ । उनका मिर्गौलामा समस्या देखिएको छ । केही वर्षपहिले उनले एउटा मिर्गौला फेरेका थिए । अहिले त्यसले राम्ररी काम गर्न नसक्ने भएपछि उनी उपचार गर्न सिंगापुर गएका हुन् । एकपटक सिंगापुरको यात्रा गरेर आएपछि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यका बारेमा आफैँ केही धारणा सार्वजनिक गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies