ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जनरल स्वास्थ्य शिविर तथा क्षयरोग सम्बन्धी माइक्रोस्कोपिक क्याम्प सञ्चालन गरिएको हो ।
६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकका लागि सञ्चालन भएको जनरल स्वास्थ्य शिविर तथा क्षयरोग सम्बन्धी माइक्रोस्कोपिक क्याम्प सिमकोट गाउँपालिका वडा नं ७ को डाँडाफया स्वास्थ्य चौकीबाट शुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताए ।
गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले शिविरमा खटिएका डाक्टरलाई शिविरमा चाहिने सामग्री हस्तान्तरण गरी शिविरको उद्घाटन गरेका थिए ।
शिविरमा ६८ जनाले स्वास्थ्य चेक जाँच गराएको र जसमा ८ जनाको क्षयरोग परीक्षण गरिएको सोही गाउँपालिका नरसिङ स्टाप मनमाया वली शाहीले बताइन् । उक्त शिविरका लागि डाक्टर छक्क थापा, ल्याप टेक्निसियन वलिराज भण्डारी र सम्पती परियार खटिएका प्रमुख भण्डारीले बताए ।
जसमा १ जना महिलाको स्तनमा पिलो देखिएपछि निजलाई जिल्ला अस्पताल रिफर गरिएको स्वास्थ्य चौकी डाडाँफयले जनाएको छ । शनिबार सिमकोट गाउँपालिका वडा ८ स्याँडा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies