काठमाडौंं : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई डेंगु संक्रमण भएको छ । उनको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनी ३ दिनदेखि अस्पतालमा छन् । डा रुइतसँगै उनका परिवारका अन्य २ जनालाई समेत डेंगुको संक्रमण देखिएको बताइएको छ ।
नेपालमा तीन महिनाअघि देखि देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ। देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने करिब ४ हजार बढी मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies