ओबराज शाही/मध्यान्ह
हुम्ला : नेपाल पत्रकार महासंघ हुम्ला शाखाको आठौं साधारण सभा एवम् जिल्ला अधिवेशन वैशाख १० गते हुने भएको छ । महासंघ हुम्लाका अध्यक्ष राजन रावतको अध्यक्षतामा बसेको बैठकले आठौं साधारण सभा एवम् जिल्ला अधिवेशन वैशाख १० गते गर्ने निर्णय गरेको हो ।
त्यसका लागि उपसमिति समेत गठन गरिएको छ । जसमा महासंघ हुम्लाका सहसचिव छपाल लामाको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । सदस्यमा लोग भण्डारी र दाने बोहरा रहेका छन् । त्यसैगरि महासंघ हुम्लाका कोषध्यक्ष सुरेश परियारको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । त्यसको सदस्यमा बेलुमाया महतारा र लक्ष्य कामी रहेका छन् ।
बैठकले अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटाउन महासंघ केन्द्रलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । पत्रकार महासंघ हुम्लाले दश हजार राशीको पत्रकार जयबहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कार वितरण गर्नका लागि तीन सदस्यीय उपसमिति समेत गठन गरेको छ ।
महासंघ हुम्लाका सचिव नन्द सिंहले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिवेदन तयार गरेर साधारण सभाको बन्द सत्रमा पेश गर्ने निर्णय गरिएको छ । बैठकमा महासंघ हुम्लाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies