लेखनाथ सिकारु/मध्यान्ह
पाँचथर : लिम्बू सांस्कृतिक परिषद्को २०औं स्थापना दिवस मनाइएको छ । बुधबार जिल्ला शाखा पाँचथरको आयोजनामा किरात याक्थुङ चुम्लुङको विषयगत समितिको रुपमा रहेको लिसापको स्थापना दिवस मनाइएको हो ।
पाँचथरसहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भक्तपुर, ललितपुर, काठमाडौं र चितवनमा कार्यक्रम आयोजना गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङ् संघीय उपाध्यक्ष चन्द्रकुमार आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिसाप संघीय अध्यक्ष सागर केरुङ, लिम्बुवान प्रदेश सदस्य बुद्धराज लिम्बू, जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङ, थाम्सुहाङ सेवा समाजका अध्यक्ष भवेन्द्र थाम्सुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना आदानप्रदानसँगै विविध सांस्कृतिक कार्यक्रमहरूसमेत आयोजना गरिएको जिल्ला उपाध्यक्ष लिलाप्रकाश जबेगुले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies