काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट शुरु हुँदैछ । अभियान अन्र्तगत कांग्रेसले ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्दैछ । कांग्रेसले स्वर्गीय नेता वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर दोस्रो चरणको जागरण गर्न लागेको हो ।
कांग्रेसले बढ्दो महँगी, भ्रष्टाचार, हत्या हिंसा तथा बलात्कारसहित सरकारको निरंकुश शैलीको विरोधसहित आफ्ना आम नेता कार्यकर्तालाई जागृत बनाउन जागरण गर्न लागेको हो । अभियान ७ असोजमा जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै समापन हुनेछ ।
‘हिमाल, पहाड, तराई–मधेश जागरण’ नाम दिइएको अभियानमा केन्द्रीय तहका नेता प्रतिनिधिका रूपमा सहभागी हुने छन् भने जागरण अभियान भरी देशभर ३४ हजार ९ सय विरुवा रोपिनेछ । कांग्रेसले बैशाख अन्तिम साता पहिलो चरणको अभियान सञ्चालन गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies