काठमाडौं : संसदको राज्य व्यवस्था समितिमा दफावार छलफल चलिरहेको नागरिकता सम्बन्धी विधेयकमाथिको बहस पेचिलो बन्दै गएको छ । विषेश गरि वैवाहिक अंगीकृत नागरिकतका विषयमा सांसदहरुका बीचमा एकमत हुन नसक्दा यो विषय पेचिलो बन्दै गएको हो ।
बुधबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा वैवाहिक अंगीकृत नागरिकताको विषयले प्रवेश पाएको थियो । छलफलका क्रममा सांसदहरुबीच चर्काचर्की नै भयो । केहि सांसदले बिबाह गरेर नेपाल आउने विदेशी महिलालाई नागरिकता दिन कडा प्रावधान राखिनुपर्ने माग गरे ।
तर, समाजवादी पार्टीका सांसद रामसहाय यादवले विदेशी महिला नेपाली बुहारी बनेर आएपछि नागरिकता दिँदा के असर पर्छ भन्दै प्रश्न गरे । उनले नागरिकता दिन वर्षौँ कुनुपर्ने कुरा किन र कहाँबाट आयो भन्दै आक्रोश पोखे ।
अंगीकृत नागरिकताका विषयमा चर्काचर्की रुपमा बहस भइरहेका बेलामा नेकपा सांसद पम्फा भुसालले भने अंगीकृत नागरिकतामा कडा प्रावधान राख्नुभन्दा पनि भारतसँगको खुला सिमाना सील गर्नुपर्ने धारणा राखिन् ।
तर कांग्रेस सांसद देवेन्द्रराज कँडेलले खुल्ला सिमान सिल गर्दा र अंगीकृत नागरिकतामा कडा प्रावधानले नेपाल भारतबीचको सम्बन्धमा असर पुग्ने धारणा राखे ।
संसदको राज्य व्यवस्था समितिमा चलिरहेको नागरिकतासम्बन्धी छलफल वैवाहिक अंगीकृत नागरिकता भन्ने विषयमा प्रवेश गरेको हो । अंगीकृत नागरिकताको विषयमा सांसदहरुबीच विवाद देखिएपछि बैठक बिना निष्कर्ष विहिवारका लागि सारिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies