-डा. अतीन्द्र दाहाल
जनताको आर्थिक स्थिति सवल नबनेसम्म राजनीतिक परिवर्तनले मात्र शान्ति र अमय चयनको आभाष हुदैन । विकासको सबैभन्दा महत्वपुर्ण पक्षचाहिँ आर्थिक हो । त्यसैले प्रत्येक राजनीतिक सिद्घान्तहरुले सवल अर्थ व्यवस्थाका साथै नागरिकलाई यथेष्ठ आर्थिक उपार्जनका प्रयासको प्रर्वद्घन गर्नुपर्र्छ । खोक्रा दर्शन र सिद्घान्तभन्दा राजनीति विकासको सारथी बन्नुपर्छ । त्यहाँमात्र नागरिकले सच्चा परिवर्तन महशुष गर्छन् ।
यसो नभएकै कारण देशमा सघन परिवर्तनको महशुस नभएको हो । धेरैले भन्छन् ‘राजनीति बिग्रियो, जनताले दुःख पाए, देश सकियो’ । देश नबनेको भन्दै असंख्य युवा÷युवतीचाहिँ खेतबारी बेचेर हतार हतार कोरिया, कुवेत र कतार पुग्दैछन् । थ्रिडी भनिने ‘डेन्जरस, डर्टी र डिसगस्टिङ’ काम गर्दैछन् । उनीहरुकै कमाईमा देश धानिदैछ । तर अरुको निगाहामा नलागी आप्mनै बलबुता र सार्मथ्यले प्रयास गरेमात्र दीर्घकालीन समृद्धि सम्भव हुन्छ । कोरिया÷कुवेत हैन, खोरिया र खेतबाटै देशको सफलताको मार्गचित्र तयार हुनसक्छ र गर्नुपर्छ ।
कृषिबाट पनि समृद्धि सम्भव छ
अमेरिकाले संसारभर खपत हुने गहुँको ५०.१ प्रतिशत, चीनले माछाको ९.२ प्रतिशत, इन्डोनेसियाले खाने तेलको ५१ प्रतिशत र थाईल्याण्डले चामलको ३४ प्रतिशत निर्यात गर्ने तथ्यांक देखिन्छ । कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान जम्मा ५ प्रतिशतमात्र भएको अमेरिका र जम्मा जनसंख्याको ३.७ प्रतिशतमात्र मानिस कृषिमा सम्लग्न भएको फ्रान्सचाहिँ विश्वभर खाद्यान्न बजार निर्माण गर्दैछन् । कुल गाहस्थ उत्पादनमा झन्डै ३२ प्रतिशत योगदान भएको र ७० प्रतिशत मानिस कृषिमा संलग्न हामीले चाहिँ पछिल्लो ५ वर्षमा ४० बाट बड्दै १८८ बिलियन डलरको कृषिजन्य सामग्री अयात गरेको देखिन्छ । दैनिक भान्साका अधिकांश बस्तु विदेशबाट आयातित छन् । सबैभन्दा धेरै चामल आयात गर्दैछौँ । यसले कृषिप्रधान देशको इज्जतमाथि नै पेचिलो प्रश्न खडा हुँदैछ ।
कृषि क्रान्तिबाट राम्रो आर्थिक प्रगति हासिल गर्दै विश्व शक्तिमान बनिरहेको छिमेकी चीन एउटा उदाहरण हो । अष्ट्रेलिया, जर्मनी र क्यानडा जस्ता देशहरुको पनि शुरुवाती विकासमा कृषिको नै योगदान थियो । अहिले पनि उनीहरु संसारका सबैभन्दा वढी कृषिजन्य वस्तु निर्यात गर्दैछन् । ‘युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर’ र ‘कमटी अन ट्वान्टी फस्ट सेन्चुरी सस्टेनेवल डेभलपमेन्ट’ जस्ता सस्थाहरुको अनुसन्धान प्रतिवेदनमा यी सास्वत सत्यहरु उजागर छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०१५ को तथ्यांक अनुसार चीनले कुल गाहस्थ उत्पादनको १० प्रतिशत जति कृषिबाट लिन्छ । संसारमा सबैभन्दा वढी खपत हुने खाद्यान्न धान र गहु, फलफुल स्याउ र मेवा, अनि गेडागुडीको समेत सबैभन्दा बढी उत्पादन पनि चीनमा नै भएको देखिन्छ । हामीले पनि कृषिबाटै प्रगतिको पथ खोज्नुपर्छ, समय हाम्रो अनुकुलमा छ ।
अनुकुल समय
विश्वको ध्यान सेवामा आधारित अर्थ बजार र औद्योगिक प्रतिस्पर्धाको क्षेत्रमा तल्लीन हुँदा कृषि तथा फलफुल बजारको ब्यापक बिस्तार आर्थिक सुधारको राम्रो पक्ष बन्नेछ । संसारको कुनै पनि सभ्यताले खाद्य बजारको प्रतिस्थापन गर्न सक्दैन । कृषिसँग सम्बन्धित भएर लेख्ने ज्ञाताहरु माइकल पोलान, बेन्डल बेरी, नोभेला कारपेन्टर, डान कोपरसमेत खाद्यान्नलाई मानवको प्रथम र अन्तिम आवश्यकता मान्छन् । संसारको मुहार फेर्न कृषि नै उपयुत्त र दीर्घकालीन पेशा सम्झन्छन् । पोलनाको ‘ईन डिफेन्स अफ द फुड’, कारपेन्टरको ‘द फार्म सिटी’, कोपरको ‘बनना द फेट अफ द फ्रुट द्याट चेन्ड द वल्र्ड’ र पर्ल एस वकको ‘द गुड अर्थ’ जस्ता लेखनहरुले थुप्रै मानिसलाई कृषितर्फ आर्कषित गदैछ ।
विश्वअर्थतन्त्रको एक सवल योगदानकर्ता बन्न सघाउँदैछ । नागरिकलाई डाक्टर, इन्निजयर जस्ता मानिस जीवनमा एक÷दुई पटक चाहिन्छ तर कृषक दिनको तिन÷चार पटक आवस्यक पर्छ । कृषिजन्य ब्यावसायिकता अधिकांश मानवको बृहतर हित तथा भलाइको उपासक र साधक दुबै हुनेछ । यसलाई देशले मुख्य प्राथकितामा राख्नुपर्छ । कृषि प्रधान देश नेपाल सबैको पिय्र बन्दै हामीलाई माटो सुहाउँदो विकासको पर्याय हुन सक्छ ।
माटो सुहाउँदो मोडल
कृषिको आधुनिकीकरण अहिलेको अर्थ व्यवस्थालाई उचाइमा पु¥याउने सबैभन्दा प्रमुख अभ्यास बन्नेछ । हामीमा अधिकांश खाद्य सामग्रीहरु बहिरबाट आयातित छन्, ठूलो मात्रामा वित्तीय राशि विदेश प्रवाह भइरहेछ । त्यसलाई नियन्त्रण गर्न सके आर्थिक ब्ययभारमा सन्तोषजनक सन्तुलन प्राप्त हुन्छ । कृषि उद्योगको स्थापना अर्को उत्पादनमूलक पक्ष हो । यसलाई व्यावसायिक रुपमा ग्रहण गर्दा लाग्ने अर्थभार अन्यको तुलनामा कमै हुन्छ । देशका कुनै वित्तीय निकायहरुले समेत ऋण प्रदान गर्न त्यत्ति धेरै शंका गर्नुपर्दैन र जोखिमका आँखाहरु उर्घानु पर्दैन ।
अधिकांश युवाहरु विदेशमा कृषि कर्ममै छन् । वर्षै पिच्छे कोरिया जान आवेदन गर्ने पचासौँ हजार मध्ये अधिकांशहरु कृषि तथा पशुपालनमा जान चाहन्छन् । सामन्य रुपमा एक युवा विदेशिदा लाग्ने औसतमा दुई तिन लाखलाई ब्यावसायिक सोचका साथ कृषि वा पशुपालनमा लगाउने हो भने निकै राम्रो सफलता नगिचमा रहन्छ । नेपालको विभिन्न भागमा सफल कृषि व्यवसाय गरिरहेकाहरुले त्यस्तै सानो रकमबाट उद्यम शुरु गरेको बताउँछन् । कृषिको बजारका लागि श्रम र अन्य सबै आवश्यकताको उपयुक्त व्यवस्थापन गर्न तुलनात्मक रुपमा सजिलो हुन्छ । हामी जापानमा जस्तो प्रविधि, विकसित देशमा जस्ता अन्तरिक्ष यात्री वा वैज्ञानिक दक्षता भएका मानवस्रोत उत्पादन गर्न त त्यति धेरै अब्वल रहदैनाँै तर दक्ष र ब्यावसायिक कृषक उत्पादन गर्न सक्ने सम्भावना सहज र प्रचुर छ ।
ती सम्भावनाको सार्थकताका लागि हामीलाई भूगोल, मानव साधन र स्रोत तथा अधिकांश कुराहरुको साथ छ । हामी अपार जनसंख्या भएका चीन र भारतको बीचमा छौँ । ती देशहरु औद्योगिक स्तरोन्नतितिर उन्मुख हुदैछन् । हामीले उनीहरुको स्तरमा औद्योगिकरणलाई मलजल गर्न नसक्ने हुँदा कम्तीमा पनि त्यहाँ खाली हुदै गरेका खाद्य बजारमा अथाह निर्यात गर्न सक्नुपर्छ । त्यसले हामीलाई ठुलो टेवा प्रदान गर्छ । अत्यन्तै महँगो मूल्यमा क्रय बिक्रय हुने नगदे कृषि बाली अलैची, चिरैतो, यार्सागुम्बा, रुद्राक्ष, बोधिचित्त जस्ताको ब्यावसायिक खेतीले जनताको आयआर्जन स्तरलाई अर्थतन्त्रमा नै ब्यापक सुधार हुने गरी सहयोग गर्छ ।
हामीमा यसको प्रचुर सम्भावना छ । पशुपालनको आधुनिकीकरण गर्दै गाई, भैसी, बाख्रालगायत सरकारले केही समय पहिले खुल्ला गरेका व्यावसायिक मृग तथा अस्ट्रिज पालन गरे सबैको आर्थिक स्तरोन्नति सम्भव छ । विज्ञान र प्रविधिमा हामी पछि भए पनि कृषि बजारको बिस्तार र ब्यवसायीकरण नै यस्तो अचुक तथा बहुआयामिक पक्ष बन्न सक्छ जसले अर्धदक्ष बेरोजगार मानिसहरुलाई प्रत्यक्ष्य रुपमा उनीहरुको क्षमता र दक्षता अनुसारको जीविकोपार्जन गर्ने उपाय दिन्छ । हाम्रो आवश्यकता पनि यही हो ।
देशमै कृषिको ब्यवसायीकरण गर्न राज्यले विशेष नीति मार्फत यसको प्रतिनिधित्व गर्नुपर्छ । क्युवाको हरित अर्थतन्त्र एक नमुना बन्न सक्छ । नागरिकको सोच परिवर्तन हुनुपर्छ । आधुनिक र व्यावसायिक कृषिलाई पहिलो लक्ष्य बनाउँदै कोरिया र कुवेत नभई हाम्रै खोरिया र खेतले देशको मुहार चम्काउनुपर्छ । सम्भावना छ, सामथ्र्य राख्नुपर्छ । यही नै हाम्रो देशको लागि सबैभन्दा दीर्घकालीन सबलता बन्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies