काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दूराचारको आरोपमाथि तत्काल छानविन अघि बढाउन माग गरेका छन् । आज ट्विट गर्दै उनले पाँच दिनसम्म घटनाबारे कुनै छानविन प्रक्रिया सुरु नभएकोमा आपत्ति जनाएका हुन् ।
घटनाप्रति दुई तिहाईको सरकार कुम्भकर्णको निन्द्रामा रहेको भन्दै समाजवादी पार्टीका संयोजक समेत रहेका भट्टराईले आक्रोश समेत जनाएका हुन् ।
गम्भीर मुद्दालाई लोकतन्त्रमा सार्वजनिक आरोप–प्रत्यारोप गरेर वातावरण धमिल्याउन र धमिलो पानीमा माछा मार्न वा सत्ताशक्तिको बलमा दबाएर फासफुस पार्न नमिल्ने पनि उनले स्पष्ट पारेका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले सरकारले छानबिनमा चासो नदेखाए जनस्तरबाट स्वतन्त्र आयोग बनाएर सत्यतथ्य स्थापित गर्न आव्हान समेत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies