काठमाडौं : दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ । विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टीका लगाएपछि ससुराली, मावलीतर्फ टीका लगाउने गरिन्छ ।
विजया दशमीको दिनबाट सुरु भएको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ । लामो समयसम्म भेटघाट नभएका आफन्तहरु भेट्ने अवसरका रुपमा दशैंलाई लिने गरिएको छ । दशैंले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशिर्वाद ग्रहण गर्न जानेहरुको चहलपहलले शहरबजारमा भीडभाड बढेको छ । काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक तथा नीजि सवारी साधन बाक्लो गुड्न थालेका छन् ।
दशैंका लागि उपत्यकाबाट बाहिरिएकाहरु पनि काठमाडौं फर्कने क्रम सुरु भएको छ । भोलीदेखि सरकारी कार्यालय खुल्ने भएकाले पनि दशैं मनाउन घर गएका कर्मचारीहरु काठमाडौं आउने क्रम तिब्र भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies