अमेरिका : अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग छानविनमा नसघाउने जनाएको छ । ह्वाइट हाउसका वकिलले डेमोक्रेट अगुवाहरूलाई एक पत्र लेख्दै पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएको छानविनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका हुन् ।
विपक्षी डेमोक्रेटले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगलाई ह्वाइट हाउसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक समेत भनेको छ । यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका निम्ति उनका राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए ।
विपक्षी डेमोक्रेटले भने राष्ट्रपतिले छानबिनमा बाधा पु¥याउन खोजेको आरोप लगाएका छन् । अमेरिकी तल्लो सदन प्रतिनिधि सभा कि सभामुख न्यान्सी पेलीसीले राष्ट्रपतिले कंग्रेसलाई आवश्यक जानकारी लिने काममा बाधा गरेको प्रतिक्रिया दिएकी छिन् ।
युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध छानबिन गराउन दबाव दिएको आरोपमा ट्रम्पमाथि अमेरिकी संसदमा छानबिन जारी छ । सदनमा डेमोक्रेटिक पार्टी नेताको नेतृत्वमा रहेका तीनवटा समितिले राष्ट्रपतिमाथि अनुसन्धान गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies