कतार : लमजुङ सेवा समाज कतारको विजयदशमी तथा शुभदिपावलीको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । अक्टोबर ११ शुक्रबार आयोजना गरिएको कतारस्थित समालको समाल गार्डेनमा आयोजना गरिएको सो कार्यक्रममा सहभागीहरु बिच टिका र जमरा ग्रहणका साथ रमाइलो साङ्गितिक बनभोज कार्यक्रमसमेत गरिएको थियो ।
समाजका अध्यक्ष नवराज नखोलाको सभापतित्व र गण्डकी समन्वय परिषद कतारका का.वा.अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष प्रेम रसाइलीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेश भित्रका जिल्ला सस्थाका प्रतिनिधिहरु,लमजुङे, गैर लमजुङे दाजुभाइ दिगीबहिनीहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा संस्थाका प्रमुख संरक्षक डिल राम गुरुङले टिका र जमरा लगाई आशीर्वाद दिएका थिए भने उपस्थित सम्पूर्णलाई संस्थाका द्वितीय उपाध्यक्ष बुद्धि सागर सुबर्णकारले सहभागीहरुमा आफ्नो स्वागत मन्तव्यका साथ स्वागत गरेका थिए । सो कार्यक्रममा मेडिकल पाटनरको रुपमा कान्तिपुर मेडिकल सेन्टर दोहा कतार रहेको थियो ।
निकै हर्ष र उल्लासपूर्ण रुपमा खानाको मीठा परिकारका साथ केही रमाइलो खेलकुद तथा साङ्गितिक रमझम गरी मनाइएको उक्त कार्यक्रमा लमजुङ सेवा समाज कतारका कलाकार, स्थानीय कलाकार र तमु प्ले ल्हु संघ कतारका कलाकारहरुले आकर्षक साङ्गितिक प्रस्तुति दिएका थिए । औपचारिक कार्यक्रमको संचालन सस्थाका का.वा. महासचिव बिनोद थापामगरले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको संचालन संस्थाकी महिला विभाग संयोगक सोनिका गुरुङले गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies