काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै भनेका छन्, “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ।”
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, “उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।” राष्ट्रपति विद्यादेवी भण्डारीले मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी आज स्वदेश फर्किएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies