नेपाली क्रिकेट अहिले जुन तहमा पुगेको छ । निर्धक्क भएर भन्न सकिन्छ । त्यसको प्रशंसा र आलोचनामा छुटाउनै नहुने महत्वपूर्ण पात्र हुन्, पारस खड्का । कप्तानको भूमिकामा खड्काले नेपाली क्रिकेटको दुर्दिन देखेका छन् । त्यसप्रति दुखी बनेका छन् । नेपाली क्रिकेटको सानो–ठूलो सफलतामा उफ्रिएर रमाएका छन् । हुन पनि नेपाली क्रिकेटलाई डिभिजन पाँच देखि एक दिवसीय मान्यता राष्ट्र बनाउन पारसले सफल कप्तानी भूमिका निर्वाह गरेका छन् ।
नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट लिनम्बनमा पर्दा खट्किएको अभिभावकीय भूमिकामा रहेका पारस छुटाउने नहुने तथ्य हो । तर, फुटबलबाट करिअरबाट थालेका पारसले जसरी क्रिकेट, उमेर समूहमा नेपालको जर्सी पहिरिदै १० वर्ष लामो कप्तानी भूमिका खेले । कप्तानबाट राजीनामा पनि धेरैलाई चकित पार्नेगरी नै आयो । किनभने, अहिले पनि पारस टीम नेतृत्व गर्न होओस् अथवा व्यक्तिगत पर्फमेन्स । दुवैमा फिट थिए ।
सिंगापुर टूरका क्रममा त विश्व कीर्तिमानी नै राखे । टी–२० तर्फ शतक गर्ने पारस पहिलो कप्तान बने । नेपाली टीमको कप्तानी गर्दै ओमान पुगेका पारसले औसत खेले । टीमको प्रदर्शन पनि औसत नै रह्यो । दुई खेल जिते, दुईमा पराजित हुन पुग्यो । स्वदेश फर्किए लगत्तै पारसले कप्तानबाट राजीनामा दिएका छन् ।
यस्तो बेला कप्तानबाट राजीनामा दिए कि भर्खरै मात्रै क्यानमा नयाँ नेतृत्व आएको थियो । सोमबार मात्रै आईसीसीले सर्त सहित नै भएपनि निलम्बन फुकुवा गरेको थियो ।
पारसले भने राजीनामा गर्ने उपयुक्त समय भएको प्रतिक्रिया दिएका छन् । व्यक्तिगत जोडबलबाट अब संस्थागत पहलकदमीका लागि सजिलो बनाइदिन राजीनामा दिएको प्रष्ट्याएका छन् । क्यानले भने राजीनामाबारे कुनै कुरा नभएको जवाफ दिएका छन् । क्यानले जे भने पनि अबको जवाफ दिने निकाय क्यान नै हो र कार्यभार पनि । अनि कप्तान पारसले भनेजस्तो प्रश्न सुन्नुपर्ने निकाय पनि क्यान नै हो ।
त्यो आगामी नेपाली क्रिकेटका कुरा हुन् । तर, फेरि पनि आँखा चिम्लिएर भन्न सकिन्छ– पारसको कप्तानी नेपाली क्रिकेटको स्वर्णिम काल हुन् । छुटाउने नहुने तथ्य त्यो स्वर्णिम काल खेलाडीहरुकै जोडबलबाट भएको हो । संस्थागत पहल कदमीबाट होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies