२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रवि लामिछानेले भ्रष्टाचारलाई ढाकछोप गर्न खोजे : खतिवडा

Nada
लेखनाथ सिकारु
२०८१ कार्तिक ३ गते २२:०२
Shares
रवि लामिछानेले भ्रष्टाचारलाई ढाकछोप गर्न खोजे : खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले रवि लामिछानेले राजनीतिक आडमा बच्न खोज्ने काम गर्नु गलत भएको बताएका छन् । 

ncell

सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका नेता खतिवडाले नयाँ जोगीले धेरै खरानी धस्छ भनेझैँ लामिछानेले राजनीतिक दलको आवरणमा भ्रष्टाचारलाई ढाकछोप गर्न खोजेको आरोप लगाए ।

केही समय अघि गृहमन्त्री भएको समयमा लामिछानेले  भ्रष्टाचारका फायल खोल्न र जेल हाल्न सहयोग गर्ने प्रतिबद्धता जनाएपनि आफ्नै हस्ताक्षरले आफैंलाई अफ्ठ्यारोमा पारेको खतिवडाको तर्क थियो । उनले नयाँ दलका नाममा गलत गर्ने र राजनीतिक दलको आडमा बच्न खोज्नु झन् ठूलो अपराध भएको भन्दै कानूनलाई सबैले मान्नुपर्ने उनको भनाइ थियो ।   

प्रतिपक्षी दलहरूले सत्ता पक्षले लामिछानेलाई फसाएको तर्क गरिरहेको सन्दर्भमा खतिवडाले भने,‘जबरजस्ती कसैले कसैलाई फसाउँदैन । फसाउने होइन आउँदै गरेकालाई बरु ग्रुम अप गर्ने हो । उनलाई फसाएर कसले के पाउनु छ र ?’, उहाँलाई अप्ठ्यारो परे हामीले नै सहयोग गर्ने हो तर सबै विकृति दलका नाममा गरेर छुट हुँदैन ।’ यसअघि पनि विभिन्न दलका शीर्ष नेताहरु नै कानूनको फन्दामा परेर कानूनी कारबाही व्यहोरेको र भोगिरहेका यस्ता थुप्रै उदाहरण अरु पनि भएको र कानूनको सर्वोच्चतालाई सबैले मान्नुपर्ने खतिवडाले बताए । 

ताजा खबर

सम्बन्धित खबर