चितवन : चितवनको इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्षमाथि बोक्साको आरोपमा कुटपिट भएको छ । वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला समेत लगाइएको हो । जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद उत्पन्न भएको थियो । सोही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएको बताइएको छ । उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेको आरोप लगाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई नियन्त्रणमा लिएको छ ।
पञ्चबहादुर चेपाङ इच्छाकामना गाउँपालिका वडानम्बर २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवसमेत हुन् । यसैबीच नेकपाले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरुले दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको प्रजातान्त्रिक कुसंस्कार आम जनताबीच छर्लङ्ग देखिएको छ ।’ यस्तै नेपाल चेपाङ संघका अध्यक्ष भिमबहादुर चेपाङले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies