काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचलले रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरणका माध्यमबाट श्रम स्वीकृति माग गर्नेहरुको संख्यामा निरन्तर घटिरहेको बताएको छ । मंगलबार उक्त कार्यालय शनिबार पनि खुल्ने समाचार प्रकाशित भएको थियो ।
कार्यालय प्रमुख देवेन्द्र कार्कीले ताहाचलमा रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरणका माध्यमबाट श्रम स्वीकृति माग गर्नेहरुको संख्या घट्दै गएका कारण शनिबार पनि कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्ने विषयमा कुनै निर्णय नगरिएको मध्यान्हलाई जानकारी दिए ।
सरकारले गत वर्ष पुष १५ गतेदेखि प्रदेशसिथत श्रम कार्यालयबाट सेवा दिन सुरु गरेपछि पुनः श्रम स्वीकृतिका लागि राजधानी आउनै पर्ने वाध्यता हटेको हो । विभागले पुनः श्रम स्वीकृति सेवा प्रदेशस्तरबाट सुरु गरेको ६ महिनाको अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेको भन्दै पुनः श्रम स्वीकृतिका लागि काठमाडौं आउनेको ६० करोड रुपैयाँभन्दा बढी बचत भएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies