काठमाडौं : लोकसेवा आयोग सम्बन्धी नयाँ विधेयकमा लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा सरकारले आयोगको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लोकसेवा आयोग विधेयक, २०७५ माथिको छलफलमा कर्मचारी सरुवा गर्दा आयोगको स्वीकृति लिन नपर्ने प्रस्तावित विधेयकको व्यवस्थालाई नै कायम राख्ने सहमति भएको हो ।
यसअघि, लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा सरकारले आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था थियो । यो विषयमा सांसदहरुको मत भने बाँझिएको थियो ।
सत्तारुढ दल नेकपाका सांसद विजय सुब्बा, यशोदा गुरुङ सुवेदी र कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आयोगका कर्मचारी सरुवा गर्दा आयोगको स्वीकृति लिनुपर्ने विद्यमान व्यवस्था कायम राख्नुपर्ने धारणा राखेका थिए भने सत्तारुढ दलका सांसद नवराज सिलवाल, महेश्वरजंग गहतराजलगायतले विधेयकमा प्रस्तावित व्यवस्थालाई नै कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies