इमरान खान / मध्यान्ह
काठमाडौं : निर्देशक एवं निर्माता भिम लामाको आफ्नै फिल्म कम्पनी बुद्ध ईन्टरनेशनल फिल्मस् प्रा.लि. ले नयाँ नेपाली र मैथिली दुबै भाषामा निर्माण गरेको फिल्म फेक फ्रेन्ड उनको छैठौं फिल्म हो । नेपालमा पहिलो पटक संघीयता नआउँदा नै संघीयता चाहिन्छ भन्ने विषयमा माटो फिल्म बनाइसकेका थिए । त्यसबेला संघीयता विरोधीहरुले माटो फिल्म धेरै ठाँउमा चल्दाचल्दै सिनेमा हलहरूलाई धम्की दिँदै चलाउन बन्देज गर्दा नोक्सानी बेहोर्नु परेको थियो ।
डिपलब कुलुङको शब्दलाई दिप्सन आङ्बो लिम्बुको संगीतमा दिपा लामा र दिप्सन आङ्बो लिम्बूले स्वर दिएका छन् भने अशोक चेम्जोङ,राज भर्जिन सिटौला र झोटन मेहताको शब्दलाई उनकै संगीतमा राजेश पायल राई ,अमृता लिम्बू , रमिला याग्मी मगर, दिवस पोख्रेल, पवित्रा गुरुङ र सरोज मुखियाले स्वर दिएका छन् । सानिया खान, दिनेश कोइराला ,नरेन्द्र स्याग्दान, राजकुमार डिसि ,बबिता योङ्हाङ, भबिसा क्षेत्री, अनिता गिरि,सन्तोष लामा,सन्तोष साबरिया, प्रदिप शर्मा, भिम ढुंगेल, संकल्प लामिछाने ,सुप्रीमा सुनुवार, सुरेस राना ,राज भर्जिन सिटौला, मनिता ब्लेक तामाङ,राजेन्द्र श्रेष्ठ ,दुर्गा सापकोटा ,मुस्कान काप्री, सुरज कार्की लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् ।
यो फिल्मको छायांकनमा प्रकाश सुब्बा, फाइटमा नवीन तामाङ, नृत्यमा दिनेश कोइराला ,मेकपमा सुप्रीमा सुनुवार,सम्पादनमा हेमन योन्जन ,डबिङ रेकर्डमा सुमन योन्जनको महत्वपूर्ण भूमिका रहेको छ । यस फिल्ममा १ नम्बर प्रदेश र ३ नम्बर प्रदेशका विभिन्न सुन्दर ठाँउहरु समेटिएको छ । यो फिल्म देश विदेशमा विशेष शोहरु गरेर मात्र एकसाथ नेपालभर रिलिज गरिने जानकारी निर्माता भिम लामा, मुस्कान काप्री, धनु सुब्बा ,बिशाल तामाङ, क्रिस तामाङ, सन्तोष लामा, सुरेस राना, राजकुमार सिटौला र संकल्प लामिछानेले दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies