एजेन्सी : संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोग ‘युएनएचसीआर’ले भारतमा हालै पारित भएको नागरिकता संशोधन विधेयकलाई लिएर चिन्ता व्यक्त गरेको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै नयाँ नागरिकता कानूनको प्रकृति नै मुख्य रुपमा नागरिकमाथि विभेद गर्ने खालको भएको भन्दै चिन्ता जनाएको हो ।
नयाँ कानून अनुसार धार्मिक अल्पसंख्यकहरुलाई नागरिकता दिने भनिएपनि सो सुविधा मुसलमानहरुलाई प्राप्त नहुने उल्लेख गरेर आधारभूत रुपमै विभेद गरेको युएनएचसिआरको भनाइ छ । यसैबीच नागरिकता संशोधन विधेयक विरोधमा हिंसा चर्किदा बेलायत, इजराइल र फ्रान्स सरकाले आफ्ना नागरिकलाई भारतको उत्तरपूर्वी क्षेत्रमा नजान आग्रह गरेका छन् ।
ती देशहरुले आफ्ना नागरिकलाई सो क्षेत्रमा लामो समय त्यस क्षेत्रमा नबस्नसमेत आग्रह गरेका छन् । असमका कतिपय स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । गुवाहाटी, बारपेटा, नालबारी, जोरहट, झोलाघाट, सोन्टीपुर, तेजपुर र विश्वानाथमा अनिश्चिकालीन कर्फ्यू जारी गरिएको छ ।
डिसेम्बर २२ देखि स्कुल तथा कलेजहरु समेत बन्द भएका छन् । कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा निस्किएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको छ । संसदवाट नागरिकता संशोधन विधेयक पारित भएपछि उत्तरपूर्वी भारतमा त्यसको विरोध हुँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies