काठमाडौं : कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताहरुलाई मुनाफा वितरण गरेको छ । कोष सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।
कोषले सञ्चयकोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आर्थिक वर्ष २०७९/८० को व्यक्तिगत खातामा रहेको शुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गरेको हो । निर्णय भएसँगै सञ्चयकोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा उक्त रकम जम्मा गरिएको कोषले जनाएको छ ।
कोषले आथिक वर्ष २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने व्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा विवरण पश्चात सञ्चयकर्तालाई थप व्याजको भार नपर्ने अवस्था हुन गएको छ । आ व २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याज समेत प्रदान भइरहेको छ ।
कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आ.व.२०८०/८१ को शुरु मौज्दातमा ८.६ प्रतिशतको दरले व्याज प्राप्त गरेका छन । कोषमा आर्थिक वर्ष २०७९/८० को शुरु मौज्दात ४,१६३६ करोड रहेकोमा उक्त रकमको आधारमा मुनाफा रकम वितरण भएसँगै रु.४५८ करोड बराबरको रकम कार्यरत तथा पूर्व सञ्चयकर्ताको करिब ८ लाख ६० हजार खातामा जम्मा गरिएको छ ।
कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुबिधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्दै आएको छ । कोषले प्रत्येक वर्षको मुनाफाको रकम सञ्चयकर्ताको लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको छ ।
सामाजिक सुरक्षा योजना सञ्चालनको लागि यस वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम रु. ७२ करोड २० लाख छुट्याइएको छ । कोषले आफ्ना सदस्यहरुको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा, जग्गा खरिद सापटी जस्ता सापटी सुविधाहरु समेत कोषबाट उपलव्ध हुँदै आएको छ । सञ्चयकर्ताको सञ्चित रकममा चक्रबृद्धि ब्याज तथा हरेक वर्ष मुनाफा प्रदान गर्ने गरिएको छ । कोषले आफुसँग भएको वित्तिय श्रोतलाई सञ्चयकर्ताको हितमा अधिकतम प्रयोग गरिरहेको छ ।
कोषले ११ वटा विभाग तथा ७ वटै प्रदेशमा रहेका ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रहरुमार्फत सेवा प्रवाह गरिरहेको छ । वि.सं. २०१९ मा स्थापना भएको कोषमा हाल करिब ५ सय १२ अर्बभन्दा बढीको वित्तिय स्रोत विभिन्न क्षेत्रमा परिचालन गरी व्यवस्थापन गरिरहेको छ ।
काठमाडौं : ह्वाइट लोटस पावर लिमिटेडले शेयर निष्काशन गर्ने भएको छ । जारी पुँजीको २६ प्रतिशत अर्थात् प्रति शेयर अंकित मुल्य एक सय दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । शेयर बिक्री गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
यस सम्वन्धी सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिंङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमनकुमारी जोशीले हस्ताक्षर गरे ।
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले ईनेबल नेपाल संस्था(गैर मुनाफामूलक)सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोवास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृत्रिम हातहरु वितरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । एक कार्यक्रमका बीच, बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र ईनेबल नेपालका पादाधिकारीबाट उक्त कृत्रिम हातहरु बालबालिकाहरुलाई वितरण गरिएको हो ।
हालमा बैंकले ५ थान कृत्रिम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरु वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले बताए ।
उक्त सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, बालबालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
काठमाडौं : नेक्सजेन म्यानेजमेन्टले शनिबार योङ इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । स्टार्ट अप व्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरुलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको थियो ।
देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरु निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरु र काम गर्न चाहने युवाहरुबीच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भट्टराईले बताए । यस्ता कार्यक्रम काठमाडौं लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताए ।
स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले स्टार्टअप व्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने बताए । कार्यक्रममा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्टअप व्यवसाय गर्न चाहनेलाई वित्तीय श्रोतको ब्यवस्था गर्न सकिने जानकारी दिए ।
काठमाडौं : कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती नगरपालिका वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो ।
नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंकमार्फत् सो रकम भुक्तानी गरिएको थियो । बैंकले परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्क्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ ।
काठमाडौ : सिटिजन्स बैंक इन्टरनेशनलले फोन पे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवशकुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको हो । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरे ।
भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत् योग्य ग्राहकहरुले सिधै आवेदन दिन सक्नेछन् । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरुले २० हजारदेखी दुई लाख ५० हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । साथै, भर्चुअल क्रेडिट कार्ड व्युआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिद गर्न प्रयोग गर्न सकिने र ईएमआइको सुविधापनि रहेको बैंकले जनाएको छ ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : चालु आर्थिक वर्ष (आव)को ९ महिनामा नेपालमा सात हजार ९३ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आवको चैत मसान्तसम्ममा १७ अर्ब ४९ करोड ४९ लाख बराबरको ७ हजार ९३ वटा विद्युतीय साधन आयात भएको छन् ।
चैतमा आयात भएको विद्युतीय गाडीको अहिलेसम्म कै धेरै हो । यस अघि नेपालले एक आर्थिक वर्षमा पनि यत्तिको संख्यामा विद्युतीय गाडी आयात गरेको नौ थिएन तर, सरकारले बजेटमार्फत् विद्युतीय सवारी साधनमा छुटको व्यवस्था गरेपछी विद्युतीय गाडीको प्रयोगकर्ता बढेका छन् ।
चालु आवमा १७ अर्बको विद्युतीय गाडी आयात हुँदा सरकारले सात अर्ब ७८ करोड २१ लाख राजस्व संकलन गरेको छ । नेपालमा चैतमा मात्रै ६५८ वटा विद्युतीय गाडी आयात भएको तथ्यांकले देखाएको छ । नेपालले ९ महिनाको अवधिमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
नौ महिनामा ११ अर्ब ४६ करोड ९९ लाखको चार हजार ७७ वटा ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मको आयात भएको छ । यसैगरी नेपालले ५० किलोवाटसम्मको पाँच अर्ब ४० करोड २९ लाखको दुई हजार नौ सय दुई वटा विद्युतीय गाडी आयात गरेको छ । एक सय एक किलोवाटदेखि दुई सय किलोवाटसम्मको ९३ वटा र दुई सय एक किलोवाटदेखि तीन सय किलोवाटसम्मको २१ वटा विद्युतीय गाडी आयात गरेको छ । नेपालले साउनमा एक सय १० वटा, भदौमा सात सय ८८ वटा, असोजमा १२ सय ३७ वटा, कार्तिकमा छ सय ५२ वटा, मंसिरमा आठ सय ९९ वटा, पुसमा १४ सय १२ वटा, माघमा एक हजार ५२ वटा र फागुनमा दुई सय ७६ वटा विद्युतीय गाडी आयात भएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको हिल्दुम विद्युत वितरण केन्द्रले लोडसेडिङ समय घटाएर दैनिक ७ घण्टा बनाएको छ । पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत बढे लगत्तै दैनिक लोडसेडिङको समय घटाइएको हो ।
हिमालको हिउँ पग्लिएर पानी बढेपछि १४ घण्टा लोडसेडिङबाट घटाएर ७ घण्टा बनाएको हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख नारायण प्रसाद कर्णले बताए । जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकामा केन्द्रले विद्युत आपुर्ती गर्दै आएको छ । गाउँमा लोड कम भएका कारण विद्युत लोडसेडिङ हुँदैन भने बजार क्षेत्रमा भने बढी लोड हुँदा लोडसेडिङ हुँदै आएको छ ।
केही दिन अगाडिसम्म दैनिक १४ देखि १६ घण्टा लोडसेडिङ समय तालिका पुर्याइएको भएपनि चैत महिनाको अन्तिमदेखि हिउँ पग्लिएर पानी बढेपछि केही बढी विद्युत उत्पादन हुने गरेको छ । हिउँ पग्लिएर पानीको स्रोत बढेकाले अहिले १ सय ५० किलोवाट विद्युत उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । पाँच सय किलोवाट विद्युत उत्पादन क्षमता भएको पावर हाउसले न्यूनतम ९० देखि दुई सय २० किलोवाटसम्म मौसम र पानीको मात्रा हेरेर विद्युत उत्पादन गर्ने गरेको छ ।
वैशाख महिना लागे लगत्तै चिसो कम भएका कारण पनि बजारमा हिटर, विद्युतीय चुल्होको कम प्रयोग भएका कारण पनि विद्युत लोडसेडिङ कम भएको देखिन्छ । सिमकोट बजारमा एक मेघावाट भन्दा बढी विद्युतको माग रहेको छ । सिमकोट बजारका विद्युत उपभोक्ताले केन्द्रले लोडसेडिङ समय घटाएरपछि उपभोक्तालाई केही रुपमा सहज भएको देखिन्छ ।
यसले विद्युतीय सामग्रीको कारोवार समेत बढेको छ । लोडसेडिङ घटेपछि फर्निचरण उद्योग पनि सञ्चालनमा आएका छन् भने बजारमा भएका इलेक्ट्रोनिक व्यवसायको कारोबार पनि बढेको छ । बिहान र बेलुकाको समयमा विद्युत आपूर्ती हुने भएको कारण सेवाग्राहीले दाउरा खपत घटाएको देखिन्छ । दुई गाउँपालिकाका तीन हजार भन्दा बढी सेवाग्राही अहिले विद्युत लोडसेडिङ कम हुँदा लाभान्वित बनेका छन् ।
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढंगले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरेको जानकारी दिए ।
उनले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे । उनले भने, “वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन ।” वर्तमान सत्ता समीकरण पूरा अवधि जाने बताउँदै प्रधानमन्त्रीले भने, “राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन ।”
पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको बताए । साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।
“लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ”, उनले भने, “लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।”
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको जलवायुपरिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैंले आयोजना गर्न लागेको जानकारी दिए । उनी धनगढी विमानस्थल हुँदै कञ्चनपुर पुगेका छन् ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : कोरोना महामारीसँगै ठप्प बनेको घरजग्गाका कारोबार बिस्तारै बढ्न थालेको छ । अर्थतन्त्रमा मत्वपूर्ण हिस्सा ओगटेको घरजग्गा कारोबार बढ्न थालेपछि अर्थतन्त्रमा नै सकारात्मक सञ्चार पैदा भएको ब्याख्या हुन थालेको छ ।
नेपाली अर्थतन्त्रमा पछिल्ला २ वर्ष भएको मन्दी चर्चामा घरजग्गाको मुख्य भूमिका रहेको अर्थविद्हरू बताउँछन् । अर्थविद् लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘राजस्व संकलनका हिसाबले त्यतिठूलो नभए पनि नेपालको औपचारिक अर्थतन्त्रमा अनौपचारिक तरिकाले खेल्ने घरजग्गा क्षेत्र नै हो ।’ उनको बुझाइमा नेपाली बैंक तथा वित्तीय क्षेत्रको पूँजीको सबैभन्द्या ठूलो हिस्सा चलाउने क्षेत्र नै घरजग्गा भएकाले अर्थतन्त्रमा घरजग्गाको ठूलो योगदान छ ।
‘कोरोना महामारीपछि लामो समय बैंकिङ बजारमा तरलताको उच्च संकट भयो । त्यो रकमको अधिकांश हिस्सा घरजग्गामा गएर फस्यो ।’ निरौला भन्छन्, ‘अनि अहिले बजारमा अधिक तरलता छ । यसको अर्थ पनि घरजग्गामा पहिलाजस्तो लगानी छैन । यसले ठेयाक्कै थाहा हुन्छ । हाम्रो वित्तीय क्षेत्र चलाउने नै घरजग्गाले हो ।’
ऋर्थतन्त्र नै घरजग्गामा निर्भर हुँदा निकट भविष्यमा समस्या आउन सक्नेतर्फ पनि उनले चिन्ता ब्यक्त गरेका छन् ।
तथ्यांकमा घरजग्गा कारोबार
चालू आर्थिक वर्षको तीन त्रैमासिकमा घरजग्गा कारोबारमा केही सुधार भएको देखिन्छ । जसका कारण सरकारको राजस्व संकलनमा पनि वृद्धि भएको छ । चैत महिनामा तीन अर्ब ९४ करोड ८१ लाख रूपैयाँ संकलन भएको तथ्यांक छ । भूमी व्यवस्था तथा अभिलेख विभागको तथ्यांअनुसार पछिल्लो तीन महिनायता घरजग्गाको कारोबारमा सामान्य सुधार हुँदै बmमशः राजस्वमा पनि वृद्धि भएको छ ।
गत माघमा सरकारले घरजग्गा कारोबारबाट तीन अर्ब ३७ करोड ५७ लाख रूपैयाँ संकलन गरेको थियो भने फागुन महिनामा तीन अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व संकलन भएको थियो ।
यसरी चैतमा फागुन महिनाभन्दा ३५ करोडले रुपियाँले बढेको रुपियाँले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार फागुन महिनाको तुलनामा चैत महिनामा ३५ करोडले राजस्व वृद्धि भएको देखिन्छ ।
चैत महिनामा कुल ५० हजार २५२ वटा लिखत पारित भएको छ भने पाँच हजार ८८६ वटा नामसारी भएको छ । यस्तै ११ हजार २५० वटा संशोधन हुँदा ३९ हजार ८२२ जग्गा रोक्का भएको छ । यसै गरी २९ हजार २४७ फुकुवा र ४४४ जग्गा बाँडफाँट भएको छ । घरजग्गाको कारोबारमा सामान्य सुधार भएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
चालू आर्थिक वर्षका ९ महिनामा सरकारले देशभरीका मालपोत कार्यालयबाट २९ अर्ब १९ करोड ३६ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गरेको हो ।
देशभरीका १ सय ३१ वटा मालपोत कार्यालयबाट भएको कारोबारमा रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकरबापत, सेवा करबापत विलम्ब शुल्क लगायतका अन्य विभिन्न सेवामार्फत राजस्व संकलन हुने गर्छ ।
आर्थिक वर्ष २०७६÷७७ मा कुल ३४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
नेपालमा घरजग्गासम्बन्धि कारोबारहरु पुरै अनौपचारिक माध्यमबाट हुने गरेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले ९९.९७ प्रतिशत रियल इस्टेटसम्बन्धि कारोबार अनौपचारिक रहेको देखाएको हो ।
घरजग्गा अनौपचारिक अर्थतन्त्रमा
ग्त वर्षको उक तथ्यांकले नेपालमा ०.३ प्रतिशतमात्र घरजग्गासम्बन्धि कारोबार मात्रै औपचारिक माध्यमबाट हुने गरेको पाइएको छ ।
ऋनौपचारिक अर्थतन्त्रको चर्चा भइरहेको बेला सबैभन्दा धेरै अनौपचारिक कारोबार हुनेमा रियल इस्टेट तथा घरजग्गा क्षेत्र पहिलो बनेको छ । लाइसेन्स लिएका कम्पनीहरूले निकै कम मात्रै कारोबार गर्ने गरको छ । व्यक्तिगत रुपमा बढी घरजग्गा सम्बन्धि कारोबार हुने गरेको छ ।
प्द्धिछल्लो एक तथ्यांमअनुसार हाल जीडीपीमा घरजग्गा क्षेत्रले लगभग १० प्रतिशत योगदान दिएको छ । राष्ट्रिय लेखा बिधिअनुसार आर्थिक वर्ष २०१०/०११ देखि २०२०÷०२१ सम्म औसतमा ४२.६६ प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies