एजेन्सी : लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन । उनी तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन् ।
शपथ कार्यक्रममा लुलाले जइर बोल्सोनारोको लोकतन्त्र बिरोधी कदमको निन्दा गरेका छन् ।
उनले दक्षिणपन्थी नेता बोल्सोनारो विरुद्ध कारबाही अघि बढाउने, र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनमा पराजित बोल्सोनारो देश छाडेर अमेरिका पुगेका छन् । उनले हालसम्म पराजय स्वीकार गरेका छैनन् ।
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको छ । बुधवार, हीराबेनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्विट गरेका छन्, ‘भगवानको चरणमा गौरवमय शताब्दी...। मैले सधैँ आमामा त्रिमूर्ति महसूस गरेको छु, जसमा एक तपस्वीको यात्रा, निःस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको मूर्त रूप । प्रतिबद्ध जीवन निहित छ ।’
सयौं जन्मदिनमा आफूलाई आमाले बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउन भनेको आफूले अहिले स्मरण गरिरहेको मोदीले बताएका छन् ।
काठमाडौं : अमेरिका, जापान, युरोपेली देशहरू, भारतल लगायतका देशहरूले चिनियाँ पर्यटकको आगमनमा कडाइ गनेर्ए भएका छन ।
देशभित्र कोरोना संक्रमण झन् तीव्र बनेको बेला चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गरेपछि विश्वका अन्य मुलुक सतर्क भएका हुन् ।
उनीहरुले चिनियाँ पर्यटकको आगमनमा कडाइ गर्नुका साथै कोरोना परीक्षण अनिवार्य गर्ने नीति लिएका हुन् ।
अमेरिकाले चीनबाट आउने आगन्तुकहरूमा अनिवार्य कोभिड परीक्षणको नियम लागू गरेको छ ।
यसअघि इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि चिनियाँ नागरिकले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने मापदण्ड तय गरेका थिए ।
बेलायत सरकारले चिनियाँ यात्रुहरूको लागि परीक्षण वा अन्य प्रवेश मापदण्डको कुनै योजना नभएको बताएको छ ।
चीनले जनवरी आठ पछि आफ्ना नागरिकहरूका लागि विदेश भ्रमण खुला गर्ने घोषणा गरिसकेको छ ।
सरकारले भ्रमण खुला गर्ने बित्तिकै चीनबाट ठूलो संख्यामा पर्यटकहरू निस्कने त्योसँगै संक्रमण फैलिने अनुमान गरिएको छ ।
झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको हो ।
एजेन्सी : रुसले पश्चिमा देशहरुलाई कच्चा तेलको बिक्री बन्द गर्ने घोषणा गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले फेब्रुअरी १ देखि अमेरिका र युरोपेली देशहरुमा कच्चा तेलको निर्यात बन्द गर्ने सम्बन्धि आदेशमा हस्ताक्षर गरेका हुन् ।
जी सेभेन राष्ट्रहरु, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी कच्चा तेलको मूल्य प्रति ब्यारेल अधिकतम ६० डलर तोकेपछि रुसले उनीहरुलाई तेल बिक्री नगर्ने भएको हो ।
रुसी कच्चा तेलको मूल्यको सीमा तोक्न सहमत देशहरुमा तेलको आपूर्ति बन्द हुने आदेशमा उल्लेख छ ।
युक्रेन युद्धपछि पनि रुसी अर्थतन्त्रमा फरक नपरेको भन्दै ति देशहरुले समुद्री मार्ग हुँदै आपूर्ति हुने रुसी कच्चा तेलको मूल्यमा सीमा निर्धारण गरेका हुन् ।
रुसले भने तेल किन्ने अन्य ग्राहक खोज्ने भन्दै आफूलाई फरक नपर्ने बताउदै आएको छ । साउदी अरबपछि रुस विश्वको सबै भन्दा ठूलो तेल उत्पादक मुलुक हो ।
एजेन्सी : अमेरिका र क्यानडामा चिसो आँधीसहितकोका कारण मृत्यु हुने मानिसको संख्या ३८ पुगेको छ ।
चिसो आँधीले सबै भन्दा बढी प्रभावित भएको न्युयोर्कको बफेलो शहरमा मात्रै सात जनाको मृत्यु भएको छ ।
ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्य नराम्रोसँग प्रभासवत भएका छन् ।
हिमपातका कारण आइतबार मात्रै ५ करोड ५० लाख मानिस प्रभावित भएका छन् ।
न्युयोर्कका गर्भनर क्याथी होचुलले न्युयोर्ककै इतिहासमा यस्तो विनाशकरी हिमपात ब्यर्होनुपरेको बताएका छन् । उनका अनुसार बिजुली आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।
क्यानाडादेखि टेक्ससको दक्षिणी भागसम्म फैलिएको हिमपातले हजारौं घरहरू पुरिएका छन् । हजारौं उडानहरु प्रभावित हुँदा लाखौं यात्रु अलपत्र परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।
चिसो आँधीले अमेरिकाको केही भागमा तापक्रम माइनस ४५ डिग्री सेल्सियसमा झरेको छ । हिमपातले विभिन्न राज्यका सहरहरू अस्तव्यस्त बनेका छन् । खराब मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरू बरफ र हिउँले घेरिएका घरहरूमा फँसेका छन् ।
एजेन्सी : दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ ।
जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।
विस्फोटमा परी ४० जना घाइते भएका हुन् । घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अग्नीनियन्त्रहरुले आगलागी नियन्त्रणको प्रयास गर्दा एक्कासी विस्फोट भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटका कारण अस्पतालको छतको केही भाग भत्केपछि बिरामीहरुलाई अन्यत्र सारिएको छ । विस्फोटका कारण केही सवारीसाधनमा क्षति पुगेको छ ।
एजेन्सी : मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।
गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ । आक्रमणबारे अनुसन्धान भइरहेको छ ।
फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिँदै आएका छन् ।
एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो विदेश भ्रमणका क्रममा अमेरिका पुगेका जेलेन्स्कीले अमेरिकी संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
आफूले शान्तिका लागि अघि सारेको दश बुँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्ने बताए ।
रुसलाई आतंककारीको संज्ञा दिंदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एक ढिक्का हुने विश्वास समेत व्यक्त गरे ।
त्यसअघि ह्वाइटहाउमा राष्ट्रपति बाइडेनसँग भएको वार्तामा जेलेन्स्कीले शान्तिका लागि देशको सिमाना गुमाउन नसक्ने बताएका थिए ।
देशको सिमाना गुमाएर शान्तिका लागि सम्झौता गर्न नसक्ने उनको भनाइ थियो ।
भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई आवश्यक थप सहयोग घोषणा गरेका छन् ।
अमेरिकाले युक्रेनलाई उच्च प्रविधियुक्त प्याट्रिएट रक्षा प्रणाली पनि उपलब्ध गराउने घोषणा गरेको हो । रुसले भने अमेरिकी सहयोगको विरोध गर्दै आएको छ ।
एजेन्सी : एलन मस्कले ट्वीटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले कार्यकारी प्रमुखको लागि योग्य मुर्ख व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने बताएका हुन् ।
अर्बपति मस्कले यसअघि ट्वीटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने संकेत गरेका थिए । त्यसमा सहभागी ५७ दशमलब पाँच प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए । तीन दिनअघिको ट्वीटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी थिए ।
प्रयोगकर्ताको मतलाई सम्मान गर्ने र आफ्नो फरक राय नरहेको उनको भनाइ थियो । ट्वीटर किनेपछि मस्कले सामाजिक सञ्जालमा गरेका परिवर्तनहरू आलोचित हुँदै आएका छन् ।
मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका मालिकसमेत हुन् । उनी विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन् ।
एजेन्सी : रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ । शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ ।
युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज मिसाइल रहेको बताएका छन् । युक्रेनले यीमध्ये ६० वटालाई रोकेको दाबी गरेको छ ।
आक्रमणका कारण ऊर्जामा मुख्य सरकारी एजेन्सीले ५० प्रतिशत बिजुली ग्रिड प्रभावित भएको बताएको छ ।
युक्रेनका रक्षा मन्त्रीका सल्लाहकार युरी साकले राजधानी किभका धेरै भागमा आपतकालीन बिजुली कटौती गरिएको भने खार्किभ र अन्य धेरै क्षेत्रमा आपूर्ति पूर्ण रूपमा बन्द भएको छ ।
यी आक्रमणमा मध्य युक्रेन र दक्षिणमा खेरसोनमा तीन नागरिकको मृत्यु भएको युक्रेनले पुष्टि गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies