
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन् । उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन् ।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो । यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।