एजेन्सी : एलन मस्कले ट्वीटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले कार्यकारी प्रमुखको लागि योग्य मुर्ख व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने बताएका हुन् ।
अर्बपति मस्कले यसअघि ट्वीटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने संकेत गरेका थिए । त्यसमा सहभागी ५७ दशमलब पाँच प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए । तीन दिनअघिको ट्वीटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी थिए ।
प्रयोगकर्ताको मतलाई सम्मान गर्ने र आफ्नो फरक राय नरहेको उनको भनाइ थियो । ट्वीटर किनेपछि मस्कले सामाजिक सञ्जालमा गरेका परिवर्तनहरू आलोचित हुँदै आएका छन् ।
मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका मालिकसमेत हुन् । उनी विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies