एजेन्सी : रुसले पश्चिमा देशहरुलाई कच्चा तेलको बिक्री बन्द गर्ने घोषणा गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले फेब्रुअरी १ देखि अमेरिका र युरोपेली देशहरुमा कच्चा तेलको निर्यात बन्द गर्ने सम्बन्धि आदेशमा हस्ताक्षर गरेका हुन् ।
जी सेभेन राष्ट्रहरु, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी कच्चा तेलको मूल्य प्रति ब्यारेल अधिकतम ६० डलर तोकेपछि रुसले उनीहरुलाई तेल बिक्री नगर्ने भएको हो ।
रुसी कच्चा तेलको मूल्यको सीमा तोक्न सहमत देशहरुमा तेलको आपूर्ति बन्द हुने आदेशमा उल्लेख छ ।
युक्रेन युद्धपछि पनि रुसी अर्थतन्त्रमा फरक नपरेको भन्दै ति देशहरुले समुद्री मार्ग हुँदै आपूर्ति हुने रुसी कच्चा तेलको मूल्यमा सीमा निर्धारण गरेका हुन् ।
रुसले भने तेल किन्ने अन्य ग्राहक खोज्ने भन्दै आफूलाई फरक नपर्ने बताउदै आएको छ । साउदी अरबपछि रुस विश्वको सबै भन्दा ठूलो तेल उत्पादक मुलुक हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies