काठमाडौं : त्रिपुरेश्वरकी ३० वर्षीया रोशनी श्रेष्ठ केही दिनदेखि एक्लै बस्न खोज्ने, एकाग्रह हुने गर्थिन् । सानो सानो कुरामा पनि उनी बढी रिस गर्थिन् । त्यति मात्र नभएर केही दिनदेखि श्रीमान सँगको सम्बन्धमा समेत मनमुटा भइसकेको थियो । उनको व्यवहार देखेर परिवारका सदस्यहरू चिन्तित भए । उनीहरूले धामी झाँक्रीदेखि काठमाडौंका विभिन्न अस्पताल धाएँ । तर, निको भएन् ।
अस्पतालका सुझावपछि उनीहरू मनोविदकहाँ परामर्शका लागि पुगे । मनोविद् गोपाल ढकालले आफ्नो निगरानीमा राखे । त्यसपछि उनमा बिस्तारै क्रमिक सुधार आयो । रोशनीजस्तै धेरै जसो महिला यसरी नै डिप्रेसनको शिकार भएर महिलालहरू मनोविदकहाँ जाने गरेका छन् ।
जाडो मौसममा महिलाहरूमा विन्टर डिप्रेसनको समस्या देखिने गरेको छ । आजका पुस्तामा डिप्रेसन एक ठूलो रोगको रुपमा विकास भइरहेको छ । डिप्रेसन धेरै किसिमको हुन्छ । तीमध्ये विन्टर ब्लुज जाडोमा हुने डिप्रेसन हो । जाडो मौसम नजिक भएसँगै अझै डिप्रेसनका बिरामी बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाउने गरेको छ ।
जाडो मौसममा हरेक व्यक्ति चिसो हावा, तातो खाना, सुप वा रोमाञ्चक मौसमको मजा लिने गर्छन् । तर यही रोमाञ्चक मौसम कसैको उदासीनता र दुःखको कारण बन्न सक्छ । यसलाई चिकित्सा भाषामा ‘एफेक्टिभ डिसअर्ड’ वा ‘विन्टर ब्लुज’ भनिन्छ ।
विन्टर ब्लुजका कारण मानिसमा निराशा, एक्लोपन, झर्किने कमजोरी र नकारात्मक सोचको विकास हुने गर्छ । पुरुषको तुलनामा यस प्रकारको डिप्रेसन धेरै महिलालाई हुने गर्छ । अहिलेको आधुनिक समयमा महिलालाई घर–परिवार सँगसगै करियर र अन्य जिम्मेवारी हुन्छन् । अफिसमा छुट्टी भएको दिनमा पनि महिलाले घरको काम गर्नुपर्ने हुन्छ । जसको कारण उनीहरुलाई आराम गर्ने समय हुँदैन । यसले पनि महिला डिप्रेसनतिर जान्छन् । महिलालाई डिप्रेशन हुने अर्को कारण हार्मोनको परिवर्तन पनि हो ।
पुरुषको तुलनामा महिलामा बढी डिप्रेसन देखिनुको धेरै कारण रहेको मनोविद् ढकाल बताउँछन् । महिलामा तनावलाई सहने क्षमता कम हुनु, सानो घटनाले छिटो प्रभाव पर्नु, हर्मोनको परिवर्तन भइ रहनु, लैंगिक हिंसा, घरेलु हिंसा र बच्चा जन्मेपछि महिलालाई मात्र हुने पोष्ट नेटल डिप्रेसनका कारणले गर्दा यस्तो हुने गरेको उनको भनाइ छ ।
शरीरमा पाइने सेरोटोनिन हर्मोन घामको प्रकाशबाट मात्र पाउन सकिन्छ । घामको आवश्यक किरण शरीरले नपाएमा न्युरो सेरोटोनिनको प्रयोग कम हुने गर्छ । जुन न्युरो केमिकल सेरोटोनिनको कम प्रयोगले विन्टर ब्लुज हुने गर्छ ।
कुनै पनि उमेरका व्यक्तिलाई यो रोग लाग्न सक्छ । पहिले नै कुनै प्रकारको डिप्रेसनबाट ग्रसित भएका लागि भने विन्टर ब्लुजले निकै सताउँने उनी बताउँछन् । यसले मानसिक सन्तुलन खलबल गरी काममा अवरोध निम्त्याउने गर्छ ।
यो समस्याबाट बच्नका लागि व्यायाम वा योगा एकदमै उपयोगी हुन्छ । योगाले श्वासप्रश्वासमा सहयोग गराई बिरामीको दिमागलाई ताजा बनाउँछ । बिहान १ घण्टाको समय आफूलाई छुट्याउने हो भने पुरा दिन मन शान्त र शीतल महसुस गर्न सकिने उनको भनाइ छ । उनी विरामीहरूलाई पनि यहि सुझाव दिन्छन् ।
भिटामिन सी र डी को कमीले पनि यसको असर पर्नसक्छ । यसको प्रयोग सही रुपमा गर्ने हो भने यसले दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ ।
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन मुस्लिम संगठन नेपालमा विवाद देखिएको छ । पूर्वएमालेको भातृसंगठन मुस्लिम इतिहाक संगठन र पूर्वमाओवादी केन्द्रको भातृसंगठन मुस्लिम मुक्ति मोर्चा नेपालको एकता प्रक्रिया कार्यक्रममा सोमबार असन्तुष्ट पक्षले विरोध गर्दा विवाद देखिएको हो ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आउने तय भएपनि विवाद बढेपछि ढिलो गरी महासचिव विष्णु पौडेल सहभागी भएका थिए । असन्तुष्ट पक्षले महासचिव पौडेललाई असहमतिसहितको ज्ञापनपत्र बुझाएर कार्यक्रम बहिस्कार गरेको थियो ।
यसैबीच युवा ब्यवसायी नुर मोहम्मद मिया केन्द्रीय समितिका साथै सचिवालय सदस्यमा समेत मनोनित भएका छन् । तनहूं ब्यास नगरपालिका निवासी मिया युवा संघ तनहूंका नगर कमिचीका अध्यक्ष , वडाध्यक्ष , पार्टीको ब्सास नगर कमिटी सदस्य लगायतका ज़िम्मेवारी पुरा गरी सकेका कृयाशील ब्यक्ति मानिन्छन् । उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्ब कार्यसमिति सदस्य पनि हुन् ।
केन्द्रीय समितिमा मनोनीतहरुलाई सोमबार नै महासचिव पौडेलले शपथ ग्रहण गराएका थिए । नेपाल मुस्लिम संगठन संयोजक सेराज फारुकी र सह संयोजक अथहर हुसेन फारुकि लगायत २५१ केंद्रीय कमिटी सदस्य, ८५ सचिवालय सदस्य, र ९ कार्यलय सदस्यको रुपमा पूनर्गठित गरिएको छ ।
काठमाडौं : फ्रान्समा गोरखाली समाज फ्रान्सले 'नेपाल भ्रमण वर्ष २०२०'को प्रचार प्रसार गरेको छ । सन् २०२० को पहिलो दिन जनवरी १ तारिखमा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीको प्रमुख अथित्यतामा समाजले भ्रमण वर्षको प्रचार प्रसार गरेको हो ।
साथै सोही दिन ‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नाराका साथ ७ औं नेपाली टोपी दिवस समेत मनाइएको थियो । नेपाल लगायत विश्वभर नेपालीहरुले टोपी दिवस मनाइरहँदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावरमा टोपी र नेपाली पोशाक लगाएर टोपी दिवस मनाएका थिए ।
नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएसँगै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम गरिएको थियो । नेपालको पहिचान सहित कार्यक्रममा उपस्थित सम्पूर्णलाई करिब ३०० वटा पर्चा वितरण गरिएको थियो ।
आगन्तुक पर्यटकहरुले पनि प्लेकार्डसहित नेपाली सस्कृतिको बारेमा उत्सुक हुँदै कार्यक्रममा सहभागिता जनाएका थिए । नेपाल चिनाउन र चिसो मौसममा बाडिएको नेपाली तातो चियाले पनि स्थलमा उपस्थित फ्रेन्च र पर्यटनलाई थप आकर्षण गरेको थियो ।
उक्त कार्यक्रममा उप-प्रमुख नियोग खड्ग प्रसाद दाहाल, नेपाली साँस्कृतिक गृहका सुरज श्रेष्ठ, मगर समाज फ्रान्सका अध्यक्ष रमेश थापा, नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, एन. आर. एन. ए. युवा संयोजक दिलिप गुरुङ, अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान, सस्कृति तथा सद्भावना दूत एन. आर. एन. ए. फ्रान्सका पुर्व अध्यक्ष एवं समाजका सल्लाहकार निर्मल अर्याल, एन. आर. एन. ए. फ़्रान्सका संस्थापक अध्यक्ष एवं गोरखाली समाज फ्रान्सका अभिभावक हरिहर अर्याल, भुतपुर्व एन. आर. एन. ए. आई. सी. सी. मिन जि सी लगायत अन्य अतिथि महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोही क्रममा बोल्दै गोरखाली समाज फ्रान्सका अभिभावक एवं एन आर एन ए फ्रान्सका सस्थापक हरिहर अर्यालद्वारा नेपाली टोपीको बारेमा नेपाली इतिहास र टोपीको महत्वको बारेमा जानकारी दिएका थिए ।
साथै एन आर एन ए फ्रान्सका पूर्व अध्यक्ष एवं गोर्खाली समाजका सल्लाहकार निर्मल अर्यालले फ़्रेन्च भाषामा नेपाली ढाका टोपी र टोपी दिवसको महत्वका बारेमा प्रस्ट पार्दै नेपाल भ्रमण वर्ष २०२० लाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह समेत गरे ।
त्यसैगरी, सास्कृतिक मन्च गोरखाली समाज फ्रान्सका संयोजक एवं कवी सुजन राज भट्टले टोपी शीर्षकमा आफ्नो कविता वाचन गरेका थिए ।
छोटो समयमा तयार गरीएको कार्यक्रम भएपनि आफ्नो अमुल्य समय दिएर गोर्खाली समाज फ्रान्सको आमन्त्रणलाई स्वीकार गरी ठुलो संख्यामा नेपालीहरुको उपस्थिति भएका थिए । उक्त कार्यक्रममा सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउने उद्देश्यका साथ नेपालीहरु उस्तै पहिरनका साथमा उपस्थित थिए । गोर्खाली समाज फ्रान्सका महासचिव राजेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रमको समापन गर्ने क्रममा गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले सम्पूर्ण आगन्तुकहरुमा धन्यवाद ज्ञापन गरेका थिए ।
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाकाे पूर्वानुमानअनुसार काठमाडौंमा आज दिउँसो हल्का वर्षा हुने छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । अपरान्ह पछि मने मौसम सफा हुँदै जाने महाशाखाले जनाएको छ ।
बिहान ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेन्टिग्रेड रहेको छ । दिउँसो १३–१५ डिग्री सेन्टिग्रेड रहने विभागकी मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् । आज दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ ।
यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । साथै पहाडी क्षेत्रका केही स्थानमा भने पानी पर्ने पूर्वानुमानमा उल्लेख गरिएको छ । हिमपात तथा वर्षा हुने भएकाले चिसोबाट बच्न सावधानी अपनाउन विभागले आग्रह समेत गरेको छ । राति भने देशको मध्य र पूर्वी भूभाग, पश्चिमी भूभाग र पश्चिमी तराईका भूभागमा मौसम सफा हुनेछ ।
काठमाडौं : आज पुस १६ अर्थात् राष्ट्रिय मेलमिलाप दिवस । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासन त्यागेर मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको स्मरणमा पुस १६ गते मेलमिलाप दिवस मनाउने गरिन्छ ।
आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यतिबेला तत्कालीन राज्यसत्ताले उनलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
तर वीपी कोइराला संस्थापक रहेको नेपाली कांग्रेसमा भने अहिले चरम गुटबन्दी र किचलो देखिएको छ । सभापति शेरबहादुर देउवाले आज शीर्ष नेताहरुको भेला राखेका छन भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले गरेको निर्णय विरुद्ध पुस २१ गते जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी सोमबार मनाइदै छ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्रद्धा गर्नेहरुले ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका छन् ।
पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो । त्यस क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको छ ।
दोलखा : उज्यालो भविष्य संस्थाकोे दोश्रो वार्षिक साधरण सभाले पुनः राजन बस्नेतको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा भरत बस्नेत, महासचिवमा निर्जला आचार्य, सचिवमा लक्ष्मी थापा, कोषाध्याक्षमा दिनेश चौलागाईं सर्वसम्मत चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरूमा अनुस्का घिमिरे, हरि गोविन्द कार्की, कौशल कार्की, अम्बिका सुवेदी र कृष्णकुमारी जोशी चयन भएका छन् । उज्यालो भविष्य संस्था दोलखाले आफ्नो दोस्रो वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकार र नागरिक अगुवासहित छ जनालाई सम्मान गरेको छ ।
विशेषगरी बालबालिका, महिला र युवाको क्षेत्रमा काम गर्दै आएको उज्यालो भविष्य संस्थाले दोस्रो वार्षिक साधारणसभाको अवसरमा नागरिक अगुवा कृष्ण बस्नेत, राजधानि दैनिकका दोलखा संवाददाता दीपशंकर चौलागाईं, दोलखाबाट प्रकाशित दीक्षण दैनिकको सम्पादक श्रृजन घिमिरे, सामुदायिक अस्पताल चरिकोटका सञ्चालक अमृत बुढाथोकी, महिला सहकारी अभियन्ता सर्मिला सापकोटा र डान्स क्रियु संस्थालाई सम्मान गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले महिला, बालबालिका तथा युवाको अधिकार संरक्षण एवं सामाजिक उत्तरदायित्व बहन गर्न सामाजिक संघसंस्था, पत्रकार, नागरिक अभियन्ता लगायत सबैले स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताए ।
शुभ नारायण कामती/मध्यान्ह
सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहा चालु आ.व. २०७६/०७७ को ५ महिनामा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट आ.व. ०७६/७७ को ५ महिना साउन देखि मंसिर महिनासम्ममा ५ हजार ८ सय ६७ नागरिकता वितरण गरिएको छ ।
त्यसमा ५ हजार ५ सय ६५ बंशज नागरिकता मध्ये २ हजार ६ सय २५ पुरुषलाई र २ हजार ९ सय ४० महिलालाई वितरण गरिएको छ भने ३ सय २ जनालाई वैवाहीक अंगिकृत नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी कमल आर्चायले बताएका छन् ।
गत आ.व. २०७५/०७६ मा १५ हजार ९ सय १० बंशज नागरिकता मध्ये ६ हजार ५ सय ४१ पुरुष र ८ हजार ६ सय ४ महिलालाई नागरिकता वितरण गरिएको थियो । त्यस्तै ७ सय २९ वैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको थियो ।
गत आवको ५ महिना साउन देखि मंसिर सम्ममा ४ हजार ७ सय ५९ नागरिकता वितरण भएको थियो । त्यसमध्ये २ हजार ३ सय ४९ पुरुष २ हजार २ सय ६ महिलालाई बंशज नागरिकता वितरण गरिएको थियो भने २ सय ४ वैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको थियो । यसरी हेर्दा गत वर्षको भन्दा चालु आर्थिक वर्षमा बढी संख्यामा नागरिकता वितरण भएको हो ।
काठमाडौं : पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रह र अनियमितता भएको जनाउँदै प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखासहितको सङ्घर्ष समिति र काउन्सिलका पदाधिकारीबीच वार्ता शुरु भएको छ ।
सङ्घर्ष समितिले गत मङ्सिर २७ गते सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा धर्ना दिई कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेपछि काउन्सिलले बुधबार आफूहरुलाई वार्तामा बोलाएको र पहिलो चरणमा आफ्ना कुरा राखिएको महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।
वार्तामा काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमला र मुख्य अधिकृत झविन्द्र भुसाल तथा सङ्घर्ष समितिका संयोजक दीपक पाण्डे, अध्यक्ष बिडारी, महासङ्घ ललितपुर र भक्तपुरका अध्यक्षद्वय क्रमशः ज्ञानप्रसाद पौडेल र पुष्कर बुढाथोकी सहभागी थिए ।
दुवै पक्ष पत्रकारिता क्षेत्र र काउन्सिलको मर्यादामा आँच नपुर्याउने गरी क्रियाकपाल र संवाद गर्न प्रतिबद्ध भएका छन् भने काउन्सिलको आज बस्ने सञ्चालक समितिको बैठकमा सङ्घर्ष समितिको मागअनुसार वर्गीकरणमाथि छानबिन समिति गठन गर्नेबारे छलफल हुने बताइएको छ ।
काठमाडौं : हजारौंको भिडमा सपना पनि हजार नै हुन्छन् । मान्छेको आफनो रुचि अरु जस्तै समान हुन्छ भन्ने हुँदैन । त्यसमाथि पनि अहिलेको विज्ञान, प्रविधि र आविष्कारले भुमण्डलीकृत गराएको विश्वमा मान्छेका चाहना र रहरहरु अनेकन छन् । मान्छेले फरकफरक र नयाँनयाँ फिल्डमा आफनो करियर बनाउन चाहन्छन् । नेपालमा पनि पछिल्ला समय आफना रुची अनुसार फरक क्षेत्रमा भविष्य रोज्ने युवाहरु बेग्रल्ती हँुदैछन् । यस्तै एउटा पात्र हुन्, अच्युत बजगाईं ।
उनको पेशागत क्षेत्र चलचित्र हो । कुनै पनि चलचित्रमा छायांकन गर्न अति नै गाह्रो कुरा समेत हो । छायांकन राम्रो भएन भने चलचित्र नै राम्रो हुँदैन । त्यसमा पनि असम्भव दृष्यहरु भिजुवल इफेक्टको प्रयोग गरि बनाउन सकिन्छ । बिना कुनै धनजनको क्षति, खतरनाक तथा काल्पनिक दुनियाँको दृष्यहरु भिजुअल इफेक्टबाट बनाउन सकिन्छ । हो, त्यही कुराको सर्जक भिजुअल इफेक्ट आर्टिस्ट हुन्, अच्युत बजगाईं ।
आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्राविधिकहरुको ठुलो माग छ । भिजुअल इफेक्ट आर्टिस्ट बजगाईं वषौँदेखि यस्तै काम गर्दै आइरहेका छन् । उनी नेपाली चलचित्र क्षेत्रमा अब्बल भिज्युअल इफेक्ट आर्टिस्टका रुपमा समेत दरिएका छन् । सानो उमेरदेखि नै बजगाईंंलाई चलचित्रमा एकदमै रुचि थियो । चलचित्र भनेपछि मरिहत्ते गर्ने उनी भन्छन्, ‘फिल्म हेर्न पाएँ भने मलाई अरू केही चाहिन्नथ्यो ।’ बजगाईंंलाई पर्दामा हिरो बन्ने रहर थिएन, प्राविधिक भएर काम गर्ने त सोचेका पनि थिएनन् । उनी फिल्म हेर्दा रमाउँथे मात्र । मलाई चलचित्रमा एकदमै इन्ट्रेस्ट थियो तर चलचित्रमा काम गर्छु भन्ने सोच थिएन, उनी सम्झिन्छन् । अझ प्राविधिक बन्छु भनेर त सोचेको पनि थिइनँ । उनी नेपाली चलचित्र जगत्मा किनबन्ड इफेक्टका कारण चर्चामा छन् ।
उनी नेपाली चलचित्रमा किनबन्ड इफेक्टको प्रयोग गर्ने पहिलो व्यक्ति हुन् जसको प्रयोगले गर्दा नेपाली चलचित्रहरुमा आजभोलि धेरै व्यक्तिहरुले उनको कामको अनुसरण गर्दै आइरहेका छन् । नेपाली चलचित्र उद्योगमा भिजुअल इफेक्ट नहुँदा चलचित्रहरुको कथा अनुरुप कतिपय वस्तुहरु पर्दामा उतार्न कठिन हुन्थ्यो । यसले गर्दा चलचित्रहरुमा माग गरिएको दृष्यको कमीका कारण अधुरोपन हुन्थ्यो । नयाँ सोच भएका प्राविधिकहरुको कार्य कौशलताले नेपाली चलचित्रहरु आज अन्तर्राष्ट्रिय स्तरका बन्न थालेका छन् ।
नेपाली चलचित्र उद्योगमा नयाँनयाँ प्रविधि र नौलो प्रयोगहरु गर्न रुचाउने प्राविधिक हुन्, अच्युत बजगाईं । अहिलेका सबैभन्दा महंगा र उत्कृष्ट भिजुअल इफेक्ट आर्टिस्ट समेत हुन् उनी । उनको कामप्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रिय स्तरका अवार्डहरु समेत प्राप्त गरेका हुन् । उनले ३ दर्जन जति फिल्ममा काम गरिसकेका छन् । रोमियो, मेला, कायरा, पूनर्जन्म, वीरांगना, होलिडे, उल्झन, भिलेन, पटुकी, आरोप, छिरिंग, प्रेमलिला, ए मेरो हजुर ३, एक्लव्य आदि थुप्रै चलचित्रमा उनले काम गरेका हुन । उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पनाले आज उनी नेपाली चलचित्र क्षेत्रमा विशेष स्थानमा रहेका छन् । सधैँ व्यस्त रहने उनी अहिले लभ डायरी, माया के होला, सामराज्य, तलास, सिमाना, काडेतार आदि चलचित्रको पनि काम गरेका छन् । यसको साथै सामाजिक कार्यमा पनि उत्तिकै रुचि राख्ने बजगाईं विभिन्न चलचित्र संघ, सस्थामा पनि आबद्ध छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies